Ultimate magazine theme for WordPress.

प्रहरी संगठनको नीति निर्देशनलाइ खिल्ली उडाउदै सर्लाहीका घुमुवा प्रहरी, संगठन प्रमुख मौन

442

उमेश दुबे
पर्सा, १५ आश्विन / रास्ट्रकै असल र इमान्दारको रूपमा मानिने नेपाल प्रहरी संगठनको नीति निर्देशनलाइ खिल्ली उडाउदै भ्रस्टाचार र घुसखोरीमा केही प्रहरी लागेपनी प्रहरी संगठनका प्रमुख समेत मौन बस्नु बिडम्बनाको बिषय बनेको छ । प्रहरी संगठनमा केही यस्ता पनि भ्रष्टाचार गर्ने प्रहरी छन, जुनकी माथिल्लो आदेशकै निर्देशनमा भ्रष्टाचार गर्न सफल भएका हुन्छन, यसको उदाहरण अहिले सर्लाही जिल्लाको प्रहरी बनेका हुन ।
आफ्नो पावरको दुरुपयोग गर्दै सरूवा मिलाएका केही भ्रष्ट प्रहरी सर्लाही जिल्लामा आउनसाथ सर्लाहीको नाकाबाट व्यापक तस्करी बढेको समाचार प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हाजिर हुनसाथ जिल्ला प्रमुखलाइ समेत टेन्डर प्रक्रियामा कुरा गरि तस्करीको लाइन सुचारू गरिएको प्रहरी श्रोतले जनाएको छ । हिन्दुहरूको महान चाड पर्व दशै, तिहार, छठको मौका छोपी सर्लाहीको नाकाबाट गरिब साह, सन्तोष साह, हुसेन लगायत दर्जनौ तस्कर सङ्ग रकम बुझी लाइन मिलाइएको श्रोतको दाबी रहेको छ ।
सर्लाही जिल्लामा कुनैपनी प्रहरी प्रमुख आउदा शुरू शुरूमा कडा निगरानी गर्ने गरेतापनी ५ दिन नबित्दै तस्करहरू घुमुवाकै माध्यमले लाइन मिलाउने गरेको तस्कर बताउछन । घुमुवाको कार्य आर्थिक कारोबार नभएपनी घुमुवाहरू आर्थिक कलेक्सनलाइ तिब्रता दिएका हुन । सर्लाहीको मलङ्गवा बजारमा दिनहु करोडौको मालसमान अबैध तरिकाले भित्रिने गरेको र मलङ्गवा बजारबाट रात्री बस, पिकअपको माध्यमले विभिन्न ठाउहरूमा पुर्याउने गरिन्छ ।
जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट खटिएको सादा पोशाकको टोलिले आफ्नो ढाकछोप गर्नको निम्ति हेडक्वाटरबाट खटिएको टोलिलाइ एक होटेलमा राखी सबाब र कबाब दुइटैको ब्यवस्था गरिएको बताइएको छ । नेपाली जनताको बिश्वास नेपाल प्रहरीबाट हटदै जानुको मुख्य कारण नेपाल प्रहरीकै केही भ्रष्ट कर्मचारी नै रहेको प्रष्ट भएको छ । आफू लगायत नेपाल प्रहरीले इमन्दारिता पूर्वक कार्य गरिरहेका आइजिपी खनालले दाबी गरेपनी वहाकै प्रहरी संगठनका घुमुवा प्रहरीहरूले सर्लाही जिल्लामै आतन्क मचाउनु संगठन माथी नै प्रश्न चिन्ह खडा हुन्छ ।

Leave A Reply

Your email address will not be published.