Ultimate magazine theme for WordPress.

प्रहरी र प्रदर्शनकारी बिच भएको झडपमा रौनियार सहित ३ जना घाइते

227

बारा, ५ पुस / लोकतन्त्र माथी नै संकट ल्याउने बदनियतले गरेको संसद विघटनको बिरोधमा आज बाराको सदरमुकाम कलैयामा नेपाल बिधार्थी संघले बिरोध प्रदर्शन गरेका छन । आज बिहान ८ बजेको समयमा कलैया सहिद असरफ चौकमा नेपाल बिधार्थी संघले प्रधानमन्त्री केपि शर्मा ओलिले आफ्नो निजि स्वार्थ र लोकतन्त्र माथी नै संकट ल्याउने बदनियतले गरेको संसद विघटनको बिरोधमा प्रदर्शन गरेका हुन ।

नेपाल बिधार्थी संघ बाराका अध्यक्ष राकेश पान्डेको अध्यक्षतामा भएको बिरोध कार्यक्रममा केन्द्रिय निबर्तमान सह-महामन्त्री राजेश रौनियार लगायत सयौ नेता कार्यकर्ताको सहभागीता रहेको थियो । बिरोध कार्यक्रममा प्रहरी हस्तक्षेप गरि बिरोध प्रदर्शन बिथोल्न खोजेपछी प्रहरी र नेपाल बिधार्थी संघ बिच केही बेर झडप समेत भएको थियो । झडपमा नेपाल बिधार्थी संघका केन्द्रिय निबर्तमान सह-महामन्त्री राजेश रौनियार, बिनयराज शर्मा र यशु मिश्रा घाइते समेत भएका थिए । घाइते हुनेहरूको कलैया अस्पतालमा उपचार भइरहेको प्रदर्शनकारीहरूले जनाएका छन ।

Leave A Reply

Your email address will not be published.