Ultimate magazine theme for WordPress.

प्रहरी भ्यानलाई ट्रकले ठक्कर दिदा आधा दर्जन प्रहरी घाइते

145

रौतहट, ११ फाल्गुन ÷ रौतहटको चन्द्रनिगाहपुर नजिकै रहेको लमहा जंगलमा ट्रकले प्रहरीको भ्यानलाई ठक्कर दिदा आधा दर्जन प्रहरी घाइते भएका छन् । पूर्व—पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने लमाहा जंगलमा प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिदा आधा दर्जन प्रहरी घाइते भएका हुन ।
प्थलैयातर्फ आउदै गरेको प्रहरीको ना १ झ १३३१ नम्बरको भ्यानलाई बिपरित दिशाबाट आउदै गरेको ना ६ ख ८६२५ नम्बरको ट्रकले ठक्कर दिएको रौतहट प्रहरीले जनाएको छ । रौतहट प्रहरीले जानकारी दिए अनुसार प्रहरी सहायक निरीक्षक, चालक गरी ६ जना प्रहरी घाइते रहेको र दुई जना प्रहरीको अवस्था गम्भीर रहेको बताएको छ । बाराको पथलैयामा नेपाल प्रहरीका संगठन प्रमुख आइजिपी ठाकुर प्रसाद ज्ञावालीको ब्रिफिङ् कार्यक्रममा सहभागी हुनको लागि जिल्ला प्रहरी कार्यालय रौतहटबाट पथलैयातर्फ जादै गरेको अवस्थामा घटना भएको रौतहट प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा प्रहरी सहायक निरीक्षक मनोज सिंह, गोबिन्द यादव, विश्वनाथ प्रसाद यादव, हृदय प्रसाद यादव लगायत प्रहरी गाडी चालक सरोज यादव रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये प्रहरी सहायक निरीक्षक गोबिन्द यादव र मनोज सिंहको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.