Ultimate magazine theme for WordPress.

प्रहरी नियम र ट्राफिक नियमको धज्जी उडाउदै बस सन्चालक

73

उमेश दुबे
बारा / बाराको कचोर्वा र सिम्रौणगढबाट कलैया चल्ने बस सन्चालकहरूले प्रहरी नियम र ट्राफिक नियमको धज्जी उडाउदै आएको पाइएको छ । प्रहरीको लापरबाही बढ्नसाथ बाराको विभिन्न ठाउहरूबाट सन्चालन भएको बस सन्चालकहरूले नियम कानूनको धज्जी उडाएको पाइएको हो ।
बाराको कचोर्वा र सिम्रौणगढ्बाट कलैया चल्ने बसहरूमा नियम बिपरित बसको छतमाथी समेत यात्रीहरूलाइ बसाउने गरेको पाइएको छ । शनिवार करीब १ बजेको समयमा खुलेको बसको छतमाथी समेत यात्रीलाई बोकेकोले प्रहरी चौकी कचोर्वाले चौकी अगाडी रोकि वस सन्चालकलाइ कारवाही हुने भन्नसाथ केही नजराना बुझाए पश्चात् पुन : बसको छतमाथी समेत यात्रीलाई बसाइएको यात्री बताउछन । जबसम्म प्रहरी पैसामा बिक्छन तबसम्म नेपालमा नियम कानून पालना हुनु सपना रहेको यात्री बताउछन ।
बारा जिल्लाको ग्रामिण भेगमा पर्ने कचोर्वा बाट कलैयासम्म चल्ने कुनैपनी बसमा क्षमता भन्दा दुई गुन्ना बढी यात्रीहरूलाइ बोक्छन तर कारवाही स्वरूप एक जनालाइ कारवाही भएको कसैले हेरेको छ र ? भन्दै यात्रीले प्रश्न गरे । कचोर्वादेखी कलैयासम्म दर्जनौ प्रहरी चौकी छन तर क्षमता भन्दा दुई गुन्ना तीन गुन्ना बढी यात्री बोक्ने सवारी साधनलाइ कारवाही नहुनु बिडम्बनाको बिषय बनेको छ । तसर्थ माथिल्लो निकायको ध्यान जान अति आवश्यक देखिएको छ ।

Leave A Reply

Your email address will not be published.