Ultimate magazine theme for WordPress.

प्रहरी चौकी अगाडी नै दुईवटा घरमा चोरी, स्थानीय प्रहरी मुखदर्शक

552

पर्सा, १५ भाद्र ÷ वीरगंज महानगरपालिका वडा नम्बर १६ मा प्रहरी चौकी अगाडी नै चोरीको घटना सार्वजनिक भएको छ । शान्ति सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरीको प्रहरी चौकी अगाडी रहेको दुईवटा घरबाट चोरी भएको हो ।
प्रहरी चौकी नगवाको अगाडी रहेको मिया र साहको घरबाट लाखौ बराबरको चोरी भएपनि प्रहरी मुखदर्शक बन्न बाहेक अरु केही गर्न नसकेको स्थानीयले आरोप लगाएका छन । प्रहरी चौकी अगाडी रहेको एकवाल मिया र म्ँैनेजर साह कानुको घरबाट लाखौ बराबरको चोरी भएपनि स्थानीय प्रहरी मुखदर्शक बन्न बाहेक अरु केही गर्न नसकेको आरोप स्थानीयहरुले लगाएका हुन ।
पिडित एकवाल मियाले आफ्नो घरमा ताल्चा लगाई गाउको घरमा गएको बेला आज राति चोरी भएको बताए । उनका अनुसार स्थानीय प्रहरी चौकी नगवा आफ्नो घरको २० मिटरको दुरीमा रहेको तर आफ्नो घरको ताल्चा फुटाली चोर गिरोहले करिब ५ लाख भन्दा बढीको मालसमान चोरी गरेर लगेपनि प्रहरीले थाहै नभएको बताए ।
चोर गिरोहले चोरी गरिरहेकै क्रममा स्थानीय केही व्यक्तिले आफुलाई जानकारी गराए पश्चात आफु रातिको करिब १ बजेको समयमा आएपनि स्थानीय प्रहरीलाई केही जानकारी नभएको बताए । प्रहरी चौकी अगाडी नै रहेको घरमा चोरी हुदा हुदै केही जानकारी नभएको संज्ञा दिने प्रहरीहरु के कस्तो काम कारवाही गरिरहेको बिषयमा छर्लङ भइसकेको स्थानीयहरुले बताए ।
मिया र कानुको घरबाट करिब १० लाख बराबरको मालसमान चोरी भएपनि स्थानीय प्रहरी प्रशासन हातमा हात राख्ने बाहेक केही काम कारवाही अगाडी नबढाएको बताए । यस्तै प्रहरीको काम कारवाहीले गर्दा यस्तो महामारीमा समेत स्थानीयलाई झन पिडा थप्दै आएको स्थानीयले गुनासो पोखेका थिए ।

Leave A Reply

Your email address will not be published.