Ultimate magazine theme for WordPress.

प्रहरी उपरीक्षक रेवती ढकालको घुसखोरी बारे यस्तो छ वास्तविकता

821

उमेश दुबे
पर्सा, १६ चैत्र / जिल्ला प्रहरी कार्यालय पर्साले कालोबजारी र हत्यारा डाक्टरलाइ थुनामा नराखी अस्पतालमा राख्न थालेपछी प्रहरी उपरीक्षक रेवती ढकाल चर्चाको बिषय बनेका छन । प्रहरीले नियन्त्रणमा लिएकाहरूको हात खुट्टा भाचेपनी थुनुवामै बसाउने तर पैसावाला उधोगी, डाक्टरहरू नियन्त्रणमा आउन साथ अस्पतालमा जान थालेपछि प्रहरी उपरीक्षक ढकालको वास्तविकता बाहिर आएको हो ।
केही दिन पहिला अबैध तरिकाले उधोग सन्चालनमा ल्याएको आरोपमा सन्चालक श्याम कुमार तुलस्यानलाइ प्रहरीले पक्राउ गरेपनी पक्राउ गर्नसाथ अस्पतालको एसि रूममा राखिएको खबर नसेलाउदै आफ्नै स्वासनीलाइ कुटेर हत्या गरेको अभियोगमा पक्राउ परेका डाक्टरलाई पनि पुन: अस्पतालमा लगेर राखिएको खबर प्राप्त भएको छ । यो भन्दा अगाडी तुलस्यानको घटनामा समेत केही दलालको माध्यमले सन्चार माध्यममा समाचार सम्प्रेषण नगर्नको निम्ति खटाइएको श्रोतले जनाएको छ ।
सीमा नाकादेखी लिएर तुलस्यान, डाक्टर यादवको मुद्दा समेत हेरियो भने प्रहरी उपरीक्षक ढकाल माथी कारवाही गर्नु ठूलो कुरो होइन तर कारवाही हुन नसक्नु माथिल्लो निकायकै चलखेल रहेको प्रहरी श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार प्रहरी उपरीक्षक ढकाल नेपाल प्रहरीका प्रमुख आइजिपी सर्बेन्द्र खन्नालको बिश्वासिला पात्र भएको कारण कारवाही हुन नसकेको बताएका हुन । पर्सा जिल्लामा आउनसाथ इमन्दारिताको खोल ओढेका ढकालको वास्तविकता एनि हाउ पैसा कमाउ भन्ने नै उख्खानमा रहेको प्रष्ट भएको छ ।

Leave A Reply

Your email address will not be published.