Ultimate magazine theme for WordPress.

प्रहरी उपरीक्षकको नाम लिदै मुद्धा शाखाका प्रहरी निरीक्षक महतो पर्सामा मचाए तान्डव

199

उमेश दुबे
पर्सा, ४ मंसिर ÷ पर्साको सिमावती क्षेत्र तथा भित्रि भागमा अवस्थित रहेको प्रहरी चौकीहरुबाट प्रहरी उपरीक्षकको नाममा मुद्धा शाखाले आर्थिक कलेक्सनतर्फ लागेको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार पर्साको ग्रामिण तथा शहरी भेगको सिमावर्ती क्षेत्र लगायत भित्रि क्षेत्रहरुमा रहेको प्रहरी चौकीका इन्चार्जहरु संग जिल्ला प्रहरी कार्यालय पर्साका मुद्धा शाखाबाट रकमको मांग गरिएको प्रहरी श्रोतले जनाएको हो ।
श्रोतले जनाए अनुसार बिगत केही महिना अगाडी क्राइम ब्रान्चमा रहेका प्रहरी निरीक्षक ज्ञान कुमार महतोले जिल्ला प्रहरी कार्यालय पर्सामा रेवती ढकालको आग्मन हुनसाथ मुद्धा शाखामा कार्य गर्न थालेपनि रवैया चाही जस्ताको त्यस्तै रहेको श्रोतको दावी रहेको छ । क्राइममा हु“दा पैसाकै चलखेल र मुद्धामा आउदा पनि पैसाकै चलखेल गर्दा भोजपुरी उख्खान उढरी कहियो ना सुधरी जस्तै प्रहरी निरीक्षक महतो बनेको श्रोतले जानकारी गराए ।
मुद्धा शाखामा जानसाथ मुखमा लागेको ताल्चाका कारण प्रहरी निरीक्षक महतो बहुलाउदै नेपालमा कर तिरेर लागेको समानलाई नियन्त्रणमा लिई आवश्यक कारवाही अगाडी बढाएको बताइएको छ । नेपालमा कर तिरी, भ्याट तिरी वीरगंजबाट मधवल जादै गरेको केराउको ट्रयाक्टरलाई पर्साको अलौमा रोकी जबरजस्ती आफ्नो दवंगै हेराउदै पर्सा प्रहरीले अलौको सिमानामा लगि फोटो खिचेर पुनः जिल्ला प्रहरी कार्यालय पर्सामा लगेको स्थानियवासीहरु बताउछन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले दश गजामा पक्राउ गरेको भनेतापनि यस समाचारको बिषयमा सत्य, तथ्य बुझदै जादा पर्साको मधवल गइरहेको केराउको ट्रयाक्टरलाई अलौ चौकमा रोकी पैसा माग्न खोज्दा नेपालबाट नेपालमै गइरहेको समानबाट कसरी पैसा दिने भने पश्चात बहुलाएर गएका प्रहरी निरीक्षक महतोले आफनो दवंगै पाराले सिमाना नाकामा लगेर पुन ः फिर्ता लगिएको स्थानिय एक जना पसल संचालकले बताएका छन् ।
अलौको दश गजा नजिकै रहेको स्थानियवासीहरु स“ग यस बिषयमा बुझदा नेपाल प्रहरीको गाडी संग संगै केराउको ट्रयाक्टर आएको र पुन ः ३० मिनेट नबितिदै फिर्ता नेपालमै लिएर आएको बताए । उनले बताए अनुसार नेपाल र भारतको सिमानामा प्रहरीले आफै ल्याई आफै फिर्ता लग्दा प्रहरी माथि नै शंकाको बिषय बनेको बताए । यस घटना पश्चात जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल संग बुझदा सशस्त्र प्रहरीको ब्यारेक पुग्नसाथ प्रहरीले पक्राउ गरेको संज्ञा दिएपनि जिल्ला प्रहरी कार्यालय पर्साबाट आएको बिज्ञप्तीमा फरक देखिएको छ ।
अभिव्यक्ति दिनु र बिज्ञप्तीमा उल्लेख गरिएको अनुसार फरक भएको कारण प्रहरी निरीक्षक ज्ञान कुमार महतो माथि प्रश्ण चिन्ह खडा भएको छ ? मधवल जाने ट्रयाक्टर कसरी अलौको दश गजामा पुग्यो त ? सशस्त्र प्रहरीको बि.ओ.पी. अलौमा दिनहु इन्ट्री हुने ट्रयाक्टर चेक पोष्ट नपुग्दै बिच बाटो बाटै कसरी गायब भयो त ? जिल्ला प्रहरी कार्यालय पर्सा मुद्धा शाखाका प्रमुख प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले पक्राउ गरिनु र यी सबै प्रमाणहरु लाई हेर्दा प्रहरी निरीक्षक महतो माथि प्रश्ण चिन्ह खडा भएको छ ।

Leave A Reply

Your email address will not be published.