Ultimate magazine theme for WordPress.

प्रहरीले फितलो अनुसन्धान गरी मुद्दा कमजोर बनाएको आरोप लगाउदै स्थानीयद्वारा बिरोध

82

रौतहट, ५ चैत्र / जिल्ला अदालतले हत्यारालाई धरौटीमा रिहा गरेको भन्दै स्थानीयले बिरोध जनाएका छन । रौतहटको सोनरनियामा लठ्ठी प्रहार गरी मृत्यु गरेको अभियोगमा पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालतले धरौटी राखी रिहा गरेको भन्दै स्थानीयले बिरोध प्रर्दशन गरेका हुन ।
मौलापुर नगरपालिका वडा नं ९ निवासी सुनैना कुमारी देवीको गत माघ २५ गते लठ्ठी प्रहारबाट मृत्यु भएको थियो । स्थानीय भोला यादवले निर्घात कुटपिट गर्दा ती महिलाको मृत्यु भएको स्थानीयहरुले बताएका छन् । खेत जाने बाटोमा बालकले शौच गरेको भन्दै सुरु भएको विवाद उग्र रुप लिदा झडपमा परिणत भएको स्थानीय बताउछन । झडपमा भोला यादवले निर्घात कुटपिट गरेकै कारण सुनैना कुमारी देवीको मृत्यु भएको स्थानीयले बताए । निर्घात कुटपिट गरी हत्या गरिएका अभियुक्तलाई २८ दिन नबितिदै रिहा गरिएको भन्दै बिरोध प्रदर्शन गरिएको स्थानीय बताउछन ।
हत्या आरोपमा पक्राउ परेकालाई धरौटीमा रिहा गरेपछि स्थानीयहरुले जिल्ला प्रहरी कार्यालय रौतहट अगाडी प्रदर्शन गरेका थिए । ’दोषीलाई कारबाही गर’, ’दोषीलाइ उम्काउन पाइदैन’, ’आदालत तिम्रो न्याय सच्याउ’ लगायत नारा लगाउदै स्थानीयले विरोध प्रदर्शन गरेका थिए । प्रहरीले फितलो अनुसन्धान गरी मुद्दा कमजोर बनाएको कारण हत्यारा उम्केको स्थानीयहरूको आरोप छ । यता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले घटनामा संलग्न रहेका ४ जनालाई पक्राउ गरी मुद्दा समेत चलाइएको बताए । उहाले अदालतमा स्थानीय उमश राय यादवले आफैले प्रहार गरेको लठ्ठीबाट मृत्यु भएको स्विकार गरे पश्चात अदालतले उनलाई जेल चलान गरेको र ३ जनालाई धरौटीमा रिहा गरेको बताए । यो घटनामा प्रहरी अनुसन्धानमा कहि कतैबाट नचुकेको समेत प्रहरी नायब उपरीक्षक यादवले ठोकुवा गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.