Ultimate magazine theme for WordPress.

प्रहरीले तस्करीको रकम भारतको रक्सौलबाट उठाउदै, बन्द भएन वीरगंजको नाकाबाट तस्करी

332

पर्सा, ७ श्रावण ÷ बिगत केही दिनदेखि प्रहरी चौकी इनर्वाका प्रमुख प्रहरी नायब निरीक्षक सुमन सिंहको घुसखोरीको बिषयमा केही संचार माध्यममा आउन थालेपछि भारतको रक्सौलबाट तस्करहरु संग रकम उठाउन थालिएको बताइएको छ । नेपाल प्रहरीलाई सीमा सुरक्षा लगायत शान्ति सुरक्षाको जिम्मेवारी पाएपनि आफ्नो वर्दीको दुरुपयोग गर्दै सीमा नाकामा केही भ्रष्ट प्रहरीहरु सीमामा चान्दा आतंक मचाएका हुन ।
वीरगंजको मुख्य नाकाको रुपमा चिनिने वीरगंज भन्सार र आसपासका नाकाहरुबाट खुल्याम तरिकाले प्रहरीकै सहयोगमा तस्करी बढेको बारे पर्दाफास हुन थालेपछि भारतको रक्सौलमा घुमुवा प्रहरी पुगी रकम उठाउन थालिएका छन । तस्कर संगठनका मुख्य नाइकेहरुलाई रक्सौलमै बोलाई बार्गेनिङ गर्नुको साथै रकम लेनदेन समेत भइरहेको श्रोतको दावी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोभेन्द्र सिंह राठोर आउन साथ जिल्लामा शान्ति सुरक्षा लगायत सीमामा समेत निगरानी बढाउने निर्देशन दिएपनि सीमा नाकाबाट केही भ्रष्टहरु कमाई खाने भाडो बनाएका छन् । स्थानिय तथा राष्ट्रिय पत्र पत्रिका लगायत अनलाइनहरुमा प्रहरी चौकी इनर्वाका प्रहरी नायब निरीक्षक सुमन सिंहको भण्डाफोर हुन थालेपछि बहुलाएका सिंह आफ्नो घुमुवा प्रहरी जवान श्रीलाल र प्रहरी हवलदार नाम उल्लेख नभएको तर थर केशरी भएको माध्यमले भारतमा पैसा उठाइरहेको तस्कर श्रोतले जनाएका छन् ।
प्रहरी नायब निरीक्षक सिंहको पर्दाफास हुनसाथ उनकै घुमुवाले भारतको रक्सौलमा पुगी रकम उठाउदै गरेको श्रोतको दावी रहेको हो । यस बिषयमा प्रदेश प्रहरी प्रमुख डिआईजी प्रधुमन कार्कीले आफ्नो मातहातमा रहेका सबै जिल्ला प्रमुखहरुलाई कडा निगरानि गर्न निर्देशन दिएको बताउनु भयो । डिआईजी कार्कीले आफ्नो मातहातमा रहेका जिल्लाहरुमा आफ्नो संगठनको निति निर्देशन विपरीत कार्य गर्ने कुनैपनि पदाधिकारीलाई नछोडिने बताउनु भयो । उहाले त्यस्ता कार्यमा फेला परे कडा कारवाही गरिने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.