Ultimate magazine theme for WordPress.

प्रहरीद्वारा मकवानपुरबाट गोरूको गाडी पक्राउ

99

उमेश दुबे
मकवानपुर २३ माघ / मकवानपुरबाट प्रहरीले गोरू बोकेको ट्रक नियन्त्रणमा लिएको छ । चितवनबाट पथलैयातर्फ आउदै गरेको ट्रकलाइ चेकजाच गर्दा मापदण्ड भन्दा बढी गोरु बोकेकोले प्रहरीले नियन्त्रणमा लिएको हो ।
मकवानपुरको इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलिले मापदण्ड भन्दा बढी गोरु बोकेको र बिलमा मिति, समय केही उल्लेख नभएकोले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक अरूण कुश्वाहाले बताउनु भयो । चितवनतर्फबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख ५९४० नम्बरको ट्रक सहित गोरु नियन्त्रणमा लिइ अवाश्यक कारवाहिको लागि पशु क्वारेन्टाइन पथलैयामा बुझाइएको प्रहरी निरीक्षक कुश्वाहाले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.