Ultimate magazine theme for WordPress.

प्रहरीकै संरक्षणमा पर्सा जिल्लामा कौडा खेल सन्चालन

318

पर्सा, २३ मन्सिर / पर्सा जिल्लाको बहुदरामाइ नगरपालिका वडा नम्बर १ स्थित प्रहरीकै संरक्षणमा जुवाको खाल सन्चालन भएको पाइएको छ । बहुदरामाइ नगरपालिका वडा नम्बर १ बिश्रामपुर टोलमा जुवाको खाल सन्चालन भएको पाइएको हो ।
प्रदेश नम्बर २ को एक मात्र सेटलाइट च्यानल माइ टेलिभिजनको भन्डाफोर शाखाबाट खटिएको पत्रकार टिमले स्थानीयले दिएको सुचनाको अधारमा स्टृङ्ग अप्रेसन गरेको थियो । पत्रकार टिमले आइतवार राती बिश्रामपुर पुगे पश्चात् स्थानीय इदरिस भनिनेको घरमा जुवाको खाल सन्चालन भएको पाइएको थियो । रबिन्द्र महतो कोइरी भनिनेले घर भाडामा लिइ जुवा खेल सन्चालन गर्दै आएको जनाइएको छ ।
जुवाको खाल सन्चालनको निम्ति स्थानीय प्रहरी चौकी लगायत जिल्ला प्रहरी कार्यालयसम्म रकम जाने गरेको कुरा समेत प्रष्ट भएको थियो । प्रहरी प्रशासनलाई मासिक १० लाख रूपैया बुझाए पश्चात् निर्धक रूपले जुवा खेलाउदै आइएको स्थानीयले बताए । स्थानीयहरूका अनुसार प्रहरी प्रशासनको साथ साथै केही पत्रकारलाइ भाग बन्डा समेत गएको बताए । प्रहरी प्रशासनको साथ साथै पत्रकारलाइ मिलाउनको निम्ति बिचौलियालाइ चयन गरिएको बताएका छन ।
स्थानीय प्रहरी चौकी बहुअर्वाभाठा, इलाका प्रहरी कार्यालय पोखरिया र जिल्ला प्रहरी कार्यालय पर्साको लागि मासिक १० लाख, तथा पत्रकारको टिमलाई मिलाउनको लागि कुनै पत्रकारकै बिचौलियालाइ चयन गरिएको बताएका छन । पत्रकार टिमलाइ मिलाउनको लागि मासिक ४ लाख रूपैया जाने गरेको स्थानीयले आफ्नो नाम सम्प्रेषण नगर्ने सर्तमा बताएका छन ।
एक जना जुवाडेका अनुसार नेपालको विभिन्न ठाउँ लगायत भारतबाट समेत जुवाडे आउने गरेको बताए । प्रहरी प्रशासनलाई मासिक लाखौ बुझाए पश्चात् निर्धक भइ खेल हुने गरेको कारण आफुहरू खेल खेल्ने गरेको बताए । प्रती दिन करोडौ बराबरको कौडा हुने गरेको बतए ।
यता आफुलाइ इमान्दार ठानिने प्रहरी प्रशासनले नै जुवा खेल्न निर्देशन समेत दिएको बुझिन्छ । बिश्रामपुरमा खेलाइरहेको जुवाको बिषयमा पटक पटक जिल्ला प्रहरी प्रमुख लगायत क्राइम टोलिमा खबर गरेपनी केही वास्ता नगरेको देखिन्छ भन्दै स्थानीयले बताए । प्रहरी प्रशासनले रकम नखाए बिगत ३ महिना देखि कौडा खेलाइरहेपनी केही वास्ता नगर्नु कारण के होला भन्दै प्रश्न समेत गरेका थिए । शान्ती सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरीले आफ्नो वर्दीको आडमा जुवाको खाललाइ कमाइ खाने भाडो बनाएको देखिन्छ ।

Leave A Reply

Your email address will not be published.