Ultimate magazine theme for WordPress.

प्रसिद्ध बौधीमाईको मेलामा श्रद्धालुको भिड

100

बीरगंज, २ कार्तिक । बीरगंज महानगरपालिका वडा नं. १२ मूर्लिमा आज प्रसिद्ध बौधीमाईको मेला लागेको छ । मेलामा बिभिन्न मनोरञ्जनका साधनका साथै रोटेपींग झुला लगाएत बालबालिकाको मनोरञ्जनको साधन आएकोले मेला घुम्न आएका श्रद्धालुहरु खुसी भएका छन् ।
प्रत्येक बर्ष झै यस वर्ष पनि मेलामा हजारौको भिड भएको स्थानीयले बताएका छन् । मूर्लि स्थित प्रसिद्ध बौधीमाईको मेला परापूर्व कालदेखि लाग्दै आएको स्थानीय राजेश्वर प्रसाद साह ले बताए । मेलामा आएका बालवालिकाहरु उत्साहित भएर मनोरञ्जनका साधनहरुमा रमाएका उनले बताए ।
बीरगंज मूर्ली स्थित प्रसिद्ध बौधीमाईको मंदिर पहिला सानो रहेकोमा अहिले भब्य बनाइएको र यो मंदिरको महिमा दिन प्रतिदिन बढ्दै गएको स्थानीय प्रमोद महतोले बताए । भक्तजनहरुको मनोकांक्षा पूरा भएका पछि मंदीर दर्शन गर्न आउने गरेको उनले बताए । आज मौसम प्रतिकुल हुदा पनि मेलामा ब्यापक भिड रहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.