Ultimate magazine theme for WordPress.

प्रभातफेरिले सिड्नी शहर नेपालमय

63

मंसिर ११, २०७३- शनिबार विहान अष्ट्रेलियाको मुख्य शहर सिड्नी नेपालमय बन्यो । नेपाली पोशाक लगाएका सयौं नेपालीहरु रातो चन्द्र सूर्य अंकित झण्डा बोकेर मुख्य शहरको परिक्रमा गर्दा सिड्नी शहरवासीले चासोका साथ अवलोकन मात्र गरेनन् कि फोटो खिच्नसमेत भ्याए ।

प्रवासी नेपालीहरुको संगठन एनआरएन अष्ट्रेलियाले आज (शनिबार) सिड्नीमा आयोजना गरिरहेको नेपाल महोत्सवमा सहभागिता हुन एकाविहानैदेखि सयौंको संख्यामा नेपालीहरु भेला भएका थिए । नेपालको पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्य लिएर आयोजना गरिएको प्रभातफेरिमा नेपालको पर्यटन प्रवद्र्धन हुने विभिन्न झाँकीहरुसमेत सहभागी गराइएको थियो ।

सिड्नीमो मुख्यस्थान टाउनहलबाट कार्यक्रमस्थल डालिङ हार्बरसम्म करिब १ घण्टासम्म चलेको प्रभातफेरि नेपालीहरु मात्र नभएर विदेशीहरुले समेत सहभागिता जनाएका थिए । कार्यक्रममा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, वाणिज्यदूतहरु, एनआरएन पदाधिकारीहरुका साथै सर्वसाधारणले उत्साहका साथ सहभागिता जनाएका थिए । ‘हामीले नेपालको पर्यटन प्रवद्र्धन होस् भन्ने मुख्य उद्देश्य लिएर आज प्रभातफेरि गरेका हौं । महोत्सव संयोजन समितिका संयोजक दिनेश पोखरेलले भने– आजको कार्यक्रममा ५० हजार बढीको सहभागिता रहने विश्वास लिएका छौं ।’

बिहान भएको प्रभातफेरि अष्ट्रेलियाली प्रहरीले सुरक्षा प्रदान गरेको थियो भने सहभागीहरुले नेपालको राष्ट्रियगीत गाएका थिए । आज दिनभरि चल्ने महोत्सवको अन्त्यमा पहिलोपटक आताशबाजी समेत गरिने एनआरएन प्रवक्ता डा.ज्ञानेन्द्र रेग्मीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.