Ultimate magazine theme for WordPress.

प्रधानमन्त्रीको बिरोधमा मसाल जुलूस

96

वीरगंज, १६ माघ / नेपाल विद्यार्थी संघ पर्सा विद्यार्थी नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोधमा आज मसाल जुलुश प्रदर्शन गरेका छन ।
सोमबार साझ ने.वि. संघ विद्यार्थीहरुले वीरगंजको घंटाघर नजिकै शिवआखा अस्पताल को गली बाट जोरतोर ले हातमा मसाल लिएर बिरोध प्रदर्शन गर्दै घंटाघर चोकमा पुगि प्रधानमन्त्री ओलीको र अधिनायक बाद सरकार भनी बीरोध गरेका थिए् ।
यस सरकारले बहुमतले पारित गरेको चिकित्सा शिक्षा विधेयक, बढदै गएको भ्रष्टचार, बलात्कारको घटना, वाइट बड़ी काण्ड, राष्ट्रपति को गाड़ी खरीद काण्ड, शुन काण्डको विरोधमा विरोध नेविसंघले सरकार विरुद्ध चर्को नारावाजी गर्दै मसाल जुलुश प्रदर्शन गरेका थिए ।
यसरी मसाल जुलुश साथ बिरोध गर्ने क्रममा प्रहरी र विद्यार्थीहरु विच सामान्य झडप समेत भएको थियो । शिवा आखा अस्पताल अगाडिबाट विद्यार्थीहरुले मसाला लिई सरकार विरुद्ध नाराजबाजी गर्दै घंटाघर पुगेका थिए । यस सरकार ले दूई तिहाई को दंभमा देश मा अधिनायकबद लादन खोजेको हो जून हामी कदापि हुन दिन्नउ हामी ने.बी.संघ र नेपाली काँग्रेस ले राणा साशन फालेउँ,पंचायती बेवास्त फालेउँ ,राजतन्त्र धलेऊं यो दूई तिहाई को अधिनायकबाद हाम्रो लगी कहिनई हैन भनी चेताऊनी दिदै नेता बिकास तिवारी ले जनाउनु भयो ।
नेवि संघको पूर्व घोषित भएको मसाल जुलुश विरोधको कार्यक्रममा नेवि संघ पर्साका क्षेत्र न:4 का पूर्ब सभापति बिकास तिवारी का सभापतित्वमा भको थियो साथै क्षेत्र न:1 का पूर्ब सभापति देवप्रकाश पटेल, क्षेत्र न:2 का पूर्ब सभापति रंजीत पटेल क्षेत्र न:3 का पूर्ब सभापति चन्दन साहनी नेता सरोज चौरसिया ,ठा.र.ब.क. का इकाई सभापति मनोज शाह साथै नेताहरु रोशन सिंह, शेष हाजरा,अनिल पटेल ,राज चौरसिया सरोज अंसारी, साबिर हुसेन , समीर हुसेन ,समीर मंसूरी, कृष्णा शाह लगायत बिद्यार्थी नेता को बाक्लो सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.