Ultimate magazine theme for WordPress.

प्रचण्ड द्वारा ३ बजे सर्वदलीय बैठक बोलाइयो

42
काठमाडौं, फाल्गुन १० : प्रधानमन्त्री पुष्पकमल दाहालले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
स्थानीय निर्वाचनको मिति घोषणा गर्नुभएका प्रधानमन्त्री दाहालले राजनीतिक सहमति जुटाउन सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।
बैठक बानेश्वरस्थित संविधानसभा भवन परिसरमा दिउँसो ३ बजेका लागी बोलाइएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दललाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
संविधान संशोधन प्रस्तावलाई टुङ्गोमा पुर्‍याउँदै निर्वाचनलाई सफल बनाउने बिषयमा छलफल केन्द्रित हुने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.