Ultimate magazine theme for WordPress.

प्रचण्डद्वारा आज चुनवाङ संग्राहालय शुभारम्भ हुँदै

64

काठमाडौं, ९ पुस । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज रुकुमको चुनवाङमा चुनवाङ संग्रालयको शुभारम्भ गर्न पुग्ने भएका छन् ।

०६२ मा सम्पन्न जनयुद्धरत माओवादीको केन्द्रिय समितिको बैठकले लोकतान्त्रिक गणतन्त्रमा जानका लागी सबै राजनीतिक दलहरुसँगको मोर्चा बनाउने निर्णय गरेको ऐतिहासिक बैठक यहि चुनवाङमा सम्पन्न भएको थियो ।

०६२/०६३ को जनआन्दोलनको जगका रुपमा माओवादीहरुले चुनवाङ बैठकलाई मान्दछन् । सोही बैठकमा माओवादीले ‘लोकतान्त्रिक गणतन्त्रको पक्षमा व्यापक मोर्चा कायम गरौं, राजनीतिक र फौजी प्रत्याक्रमणलाई नयाँ उचाईमा उठाऔं’ भन्ने नारा समेत पारित गरेको थियो ।

रुकुममै माओवादीले ‘युद्ध पर्यटन अन्तर्गत गुरिल्ला ट्रेल’ समेत केही वर्षदेखि संचालनमा ल्याइरहेको छ । माओवादी नेताहरुका अनुसार सोहीबेला बैठक बसेको घरलाई संग्रालयको रुपमा विकास गरिने छ ।
प्रधानमन्त्री तथा जनयुद्धका सर्वोच्व नेता प्रचण्डले चुनवाङमा संग्रालयको

शुभारम्भ गर्ने छन् भने त्यसपश्चात दाङमा हुन लागिरहेको ५ नं. प्रदेश स्तरिय भेला तथा प्रशिक्षणमा सहभागी हुनेछन् ।

Leave A Reply

Your email address will not be published.