Ultimate magazine theme for WordPress.

पोखरिया नगरपालिका भ्रष्टाचारको उजागर हुनासाथ सादा चेक फिर्ता गरिदै

218

उमेश दुबे
पर्सा, १७ श्रावण / पर्सा जिल्लाको नमूना नगरपालिका बनाउने प्रतिवधता लिएका मेयरले भ्रष्टाचारको नमूना बनाउन सफल भएका एक मात्र नगरपालिका पोखरिया नगरपालिकाको बिषयमा समाचार उजागर हुनासाथ सादा चेक फिर्ता गर्न लागिएको बताइन्छ । पोखरीया नगरपालिकाका नगरप्रमुख दिप नारायण रौनियारले विभिन्न सन्चार माध्यममा प्रमाण सहित समाचार उजागर हुनासाथ आज सम्बन्धित निकायलाइ सादा चेक फिर्ता गरेका हुन ।
पोखरीया नगरपालिकाका नगरप्रमुख दिप नारायण रौनियारले आफ्नो पदको दुरूपयोग गर्दै प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तर्गत पोखरिया नगरपालीकामा पारिश्रममा आधारीत सामुदायिक योजना तथा युवा रोजगारीका लागी आएको करोडौको बजेटमा अनियमितता गरेका थिए । करोडौको अनियमिततामा स्थानीय जनप्रतिनिधिहरूको साथ साथै नगर प्रमुखको समेत हात हुनु दुर्भाग्यको बिषय बनेको छ । आफ्नो पद र पावरको दुरूपयोग गर्दै पोखरिया नगरपालिकालाइ कमाइ खाने भाडो बनाएको समेत स्थानीयले आरोप लगाएका छन ।
प्रधानमन्त्री रोजगार योजना अन्तरगत पोखरीया नगरपालिकामा ४ सय ३९ जना लाई ५० दिन को लागी काम दिईएको पोखरिया नगरपालीका प्रधानमन्त्रि रोजगार कार्यक्रमका शाखा प्रमुख बिजय साह बताउनु भएको थियो । कार्यक्रममा आएको २ करोड २७ लाख रुपैया हुदा हुदै प्रत्येक ब्यक्तीलाई १०० दिन रोजगारी दिनु पर्नेमा नगरपालिकाले ५० दिन मात्र दिएको थियो । त्यसमा पनि ३५ दिन मै पोखरिया नगरपालीकामा काम सम्पन्न गरी ५० दिनको हाजिरी बनाएर लाखौं रुपैया जनप्रतिनिधि र कर्मचारीहरुको मिलोमतोमा हिनामिना गरिएको जनाईएको थियो । स्थानीय जनताले निर्वाचित गराएका नगर प्रमुखले स्थानीय गरिब असहायकै नाममा ब्रम्हलूट मचाएको प्रती स्थानीय उदासिन समेत बनेका छन ।
पोखरिया नगरपालिकामा यतिसम्म मात्र नभइ नक्कली हाजिरी समेत खडा गरिएको छ । जस कारण लूट मचाउने अवसर र भ्रष्टाचारको रकम दम्पच समेत गर्नमा सहुलियत पुर्याउन सजिलो भएको छ । नक्कली हाजिरी खडा गरी ५० दिन मध्ये ३५ दिनको रकम सम्बन्धित व्यक्तिलाई दिईएको र अन्य रकम काम गर्ने व्यक्तिको नाममा खाता जम्मा गरेर उनिहरुसँग खाली चेकमा सहि गराएर जनप्रतिनिधि तथा कर्मचारीले बैकबाट १५ दिनको पैसा निकालेर भागबण्डा गरेको प्रमाण भेटिएको छ ।
गरिव जनताको लागि रोजगार दिन आएको कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा भएको भ्रष्टाचारका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पिडितहरुले उजुरी दिने तयारी समेत गरेका छन । सादा चेकको तस्बिर बाहिरिन साथ आज नगर प्रमुख दिप नारायण रौनियारले धमाधम सादा चेक फिर्ता गर्न लागिएको श्रोतको दाबी रहेको छ । अब यस्ता भ्रष्टाचार गर्नमा तल्लिन रहेका नगर प्रमुख माथी सम्बन्धित निकायका साथ साथै अख्तियार दुरूपयोग अनुसन्धानको समेत ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.