Ultimate magazine theme for WordPress.

पुर्व प्रधानमन्त्रि नेपाललाई आफ्नै जिल्लाको कार्यकर्ममा अवरोध

48

रौतहट फागुन १४ : नेकपा ‘एमाले’को नेता माधवकुमार नेपाललाई आफ्नै गृहजिल्ला रौतहटमा आयोजित एमालेको कार्यक्रममाथि मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गरेको छ । गर्न खोजेपछि प्रहरीसँग झडप भएको छ ।

पार्टी प्रवेश एमाले रौतहटले गरेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा गौर पुगेको नेता नेपालले मधेसी मोर्चाको अवरोध खेप्ने परेको हो । माधव नेपाल जिल्ला आउने थाहा पाएपछि मोर्चाका कार्यकर्ताले गौरको विपी चोकमा टायर बालेर आन्दोलनमा उत्रिएका थिाए । बिपी चोक नजिक रहेको ब्यारेक फिल्डमा नेपालले कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा अवरोध गर्दा मधेसी मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप भएका छ ।
कार्यक्रममा सांसदहरु डा.बंशीधर मिश्र र लालवावु यादव पनि सहभागी छन् ।

आन्दोलनकारीले पुलिसलाई लक्षित गरी ढुङ्गा प्रहार गरेपछि भिड तितरवितर पार्न प्रहरीले बल प्रयोग गरेको थियो । आन्दोलनकारी र प्रहरीका केही घाइते भएका छन् । र झडपको रिपोर्टिङ गर्न गएका हिमालय टेलिभिजनका रौतहट प्रतिनिधि प्रभात कुमार झा सशस्त्र प्रहरीको कुटपिटबाट घाइते भएका छन् । उनको खुट्टा र पेटमा चोट लागेको छ ।

Leave A Reply

Your email address will not be published.