Ultimate magazine theme for WordPress.

पार्टीको सदस्य नै नभएका व्यक्तिहरुको हुल जम्मा गरी गाउपालिका स्तरीय बैठक समपन्न गरेको आरोप

532

पर्सा, २६ आश्विन ÷ गत शुक्रवार सम्पन्न भएको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) बिन्दवासनी गाउपालिका स्तरीय बैठकमा पार्टीको सदस्य नै नभएको व्यक्तिहरुको हुल जम्मा गरी बैठक सम्पन्न गरिएको बताइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिन्दवासनी भूगोल भएका नेकपा जिल्ला सदस्यहरु आज प्रेस बिज्ञप्ती जारी गर्दै आश्विन २४ गते सम्पन्न बैठकमा पार्टीको सदस्य नै नभएकाहरुको हुल जम्मा गरी सम्पन्न गरेको बैठकले पार्टीको नामलाई नै बदनाम गराउन खोजेको आरोप लगाएका हुन ।
अराजक र अनुशासनहिन गतिविधि गर्ने प्रति नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) बिन्दवासनी गाउपालिका सरोकारवालाहरु प्रेस बिज्ञप्ती जारी गर्दै दुःख व्यक्त गरेका हुन । बिज्ञप्तीमा त्यस्तो कार्य अराजकता र अनुशासनहिन्ताको प्रकाष्टा बाहेक अरु केही नरहेको उल्लेख छ । उहाहरुले पार्टीको सदस्य नै नभएको व्यक्तिहरुको हुल जम्मा गरी हाम्रो नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)लाई बदनाम गर्ने गराउने जोकोहीलाई छुट नभएको र त्यस्ता हर्कत गर्ने व्यक्तिलाई कारवाहीको जोडदार मांग गरिएको बिज्ञप्तीमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.