Ultimate magazine theme for WordPress.

पाँच किलो चरेससिहत वीरगन्जमा एक भारतीय पक्राउ

44
बिरगंज, २५ माघ : सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगन्जले पाँच किलो चरेससहित एक भारतीयलाई पक्राउ गरेको छ । काठमाडाैंबाट भारत, कोलकातातर्फ गइरहेका सेख सदामलाई भन्सार सुरक्षा प्रहरीले जाँचका क्रममा झोलामा लुकाइछिपाइ लगिरहेको अवस्थामा चरेस फेला परेको सशस्त्र प्रहरी उपरीक्ष सुशील सुवेदीले बताए ।
अभियुक्त सदामले काठमाडाैंका एक जना व्यक्तिले सो चरेस भनेको ठाउँमा पुर्‍याएबापत भारु १० हजार दिन्छु भनेपछि आफू भरिया बनेको प्रहरीसमक्ष बताएका छन् । लागूऔषध चरेस र पक्राउ परेका अभियुक्तलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

Leave A Reply

Your email address will not be published.