Ultimate magazine theme for WordPress.

पर्सा प्रहरी सीमामा चान्दा आतंक मचाउदै, चोर गिरोहहरु शहरमा आतंक मचाउदै

316

उमेश दुबे
पर्सा, १८ श्रावण ÷ पर्साको वीरगंज महानगरपालिकाको बिभिन्न ठाउहरुमा चोरीको क्रम बढेपनि प्रहरीले हालसम्म चोरहरुको गिरोहलाई नियन्त्रणमा लिन सकेको छैन । बिगत एक हप्तादेखी वीरगंज महानगरपालिकाको बिभिन्न ठाउहरुको पसलहरुमा चोरी भइरहे पनि पर्सा प्रहरीको मौनता बिडम्बनाको बिषय बनेको हो ।
वीरगंज महानगरपालिका भित्र पर्ने भिष्वा, नगवा, रानिघाट, अशोकवाटिका, श्रीसिया लगायतका ठाउहरुमा चोरहरुको गिरोह सक्रियताका साथ चोरी गरिरहेपनि पर्सा प्रहरीलाई सफलता नपाउनु बिडम्बनाको बिषय बनेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा प्रमुखको रुपमा आउनु भएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरको आग्मन संगै वीरगंज महानगरपालिका भित्र चोर गिरोहको सक्रियता बढ्नुले शान्ति सुरक्षामा चुनौती थपिएको छ । शान्ति सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरीको लागि पर्सा जिल्लामा चुनौती थपिएपनि बेवास्ता गर्दै आएकोले चोरहरुको गिरोहलाई नियन्त्रणमा लिन नसकेको स्थानियले आरोप लगाएका छन् ।
एक जना स्थानियका अनुसार भित्रि भेगको वडाहरुमा चोरी त भएकै थियो तर आज बिहान करिब ३ बजेको समयमा जिल्ला प्रशासन कार्यालय छेउमै रहेको सून चांदी पसलबाट चोरी हुनु प्रहरीको असफलता कार्य रहेको पुष्टि गरेको बताउनु भयो । उहाले वीरगंजको बिभिन्न ठाउहरुमा चोरहरुको गिरोह सक्रिय भएपनि जिल्ला प्रमुखदेखी लिएर क्राइम ब्रान्चको नामले खटाइएको घुमुवाहरु समेत मौन बसेको बताउनु भयो । चोरी भएको प्रहरीलाई खबर गर्दा करिब २ घण्टा पश्चात प्रहरी घटना स्थलमा पुगेको स्थानियले बताए ।
नेपाल र भारतको सीमाबाट हुने अवैध कारोवारहरुबाट प्रहरीलाई राम्रो आम्दानी भएको कारण रातिको समयमा प्रहरीलाई खास गरी सीमा नाकामा हेरिन थालिएको छ भने वीरगंज शहरको बिभिन्न ठाउहरुमा चोर गिरोहहरुले आफ्नो आतंक मचाएका छन् । पर्सा प्रहरीको असफलताले गर्दा वीरगंज नगर क्षेत्र कै स्थानियले आफै रातभरी चोरहरुको निगरानी गरिरहेको स्थानियले गुनासो सुनाएका छन् । यस अनलाइन संग कुरा गर्दै स्थानियले प्रहरीले जब आफ्नो जिम्मेवारी वहन गर्न सकेको छैन भने बाध्य भई आफुहरु रातभरी जागेर नै रात बिताउने गरेको दुखेसो पोखे ।
नेपाल प्रहरी इमान्दारीताको मिसाल भन्दै ढकोसला गर्ने प्रहरी प्रमुखहरुको वास्तविक्ता चरितार्थ चोरीको घटनाले प्रष्ट पारेको छ । बिगत एक हप्तादेखी वीरगंज नगर क्षेत्रमा चोरहरुको गिरोहले पूरै सक्रियताका साथ चोरीको घटनालाई तिब्रता दिएपनि शान्ति सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरीका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले मुखदर्शक बन्नु बिडम्बनाको बिषय बनेको छ ।

Leave A Reply

Your email address will not be published.