Ultimate magazine theme for WordPress.

पर्सा प्रहरीको भन्डाफोर, प्रहरी नियन्त्रणमा रहेका तुलस्यान प्रहरीकै सहयोगमा एसि केविनमा

706

उमेश दुबे
पर्सा, ३० फाल्गुन /
पर्सा प्रहरीको हिरासतमा रहेका श्याम कुमार तुलस्यान प्रहरीकै सहयोगमा अस्पतालको एसि केबिनमा राखिएको प्रष्ट भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले बिरगंज महानगरपालिका वडा नम्बर ४ मा अबैध रूलमा संचालित रहेको एग्रो केमिकल्स प्रा.लि.मा मंगलवार छापामारी गरि सिलबन्दी गर्नुको साथै तुलस्यानलाइ नियन्त्रणमा लिएपनि प्रहरी/प्रशासन कै सहयोगमा अस्पतालको एसि केबिनमा राखिएको हो ।
अबैध रूपमा एग्रो केमिकल्स संचालनमा राखिएको आरोपमा तुलस्यान माथी मूलकी एन २०७४ अनुसार मुद्दा चलाइने भएपनी भ्रष्ट प्रहरी र केही भ्रष्ट नेताहरूको सहयोगमा बिरगंज हेल्थ केयर अस्पतालको एसि केबिनमा मौज गरिरहेको अस्पताल श्रोतले जनाएका छन । श्रोतले जनाए अनुसार तुलस्यान भर्ना हुनसाथ केही नेतहरूको दलाल र केही भ्रष्ट प्रहरीहरू समेतले भेट/घाट गर्ने गरेको बताए ।
भनाइको लागि प्रहरी नियन्त्रणमा रहेको तुलस्यान वास्तवमा प्रहरीकै सहयोगमा अस्पतालको केबिनमै मौज गरिरहेको बताइएको छ । मंगलवार दिउँसो जिल्ला प्रशासन कार्यालयको छापामारीको क्रममा संचालक तुलस्यानलाइ नियन्त्रणमा लिएपनी स्वास्थय सुधार रहेको र अचानक म्याद थप हुनसाथ अस्पतालको एसि केबिनमा पुर्याउनु पनि शन्काको बिसय बनेको थियो ।
यस विषयमा थप जानकारीको लागि बिरगंज हेल्थ केयर अस्पतालमा पुग्दा सुगरको बहानामा पुगेका तुलस्यान प्रती दिन ५५ सयको दरले एसि केबिन लिएको खबर प्राप्त भएको छ । प्राइभेट केबिन लिएर बसेका तुलस्यानको निगरानीमा खटिएको प्रहरी मात्र नामको लागि निगरानी तर काम चाहिँ सुरक्षामा भन्दापनी दुइमत नरहेको श्रोतले जनाएका छन । सुगर पेसेन्ट बनेर भर्ना भएका श्याम कुमार तुल्सयानको खाजा समेत होटेलबाट आउने गरेको दाबी गरे ।
इमन्दारिताको खोल ओढेका प्रहरी उपरीक्षक रेवती ढकाल सङ यस बिसयमा बुझन खोज्दा फोन उठाएन्न । पर्सा प्रहरीका प्रमुख ढकाल आफूलाइ इमन्दारिता पुर्वक कार्य गरिरहेको पटक पटक दाबी गरिरहेपनी वर्दीको खिल्ली उडाएको यस कार्यले गर्दा प्रष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा आउनु भएका प्रहरी उपरीक्षक ढकालको आग्मनसाथ १ किलो ग्राम सुन सहित पक्राउ परेका सिंह पनि प्रहरीकै सहयोगमा नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए र यस कार्यमा पनि नियन्त्रणमा लिएका तुलस्यानलाइ एसि केबिनमा पुर्याउनु ठुलै रकमी चलखेल रहेको प्रष्ट पार्दछ ।
आफ्नो वर्दिको आडमा कमाइ खाने भाडो बनाएका पर्सा प्रहरी प्रमुख ढकाल केही भ्रष्ट दलालहरूको कारण नाम कमाउन समेत खोजेपनी यस बिषयले कतिको इमन्दारिता पूर्वक काम गरिरहेको बारे प्रष्ट पारेको छ । यस बिषयमा माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.