Ultimate magazine theme for WordPress.

पर्सा प्रहरीको ठूलो सफलता : गोलि हानेर भाग्दै गर्दा एक जना पक्राउ

950

उमेश दुबे
पर्सा, १७ भाद्र / पर्साको बिरगंज महानगरपालिका वडा नम्बर १३ स्थित साल्ट ट्र्डिङ्ग अगाडी गोलि हानेर भाग्दै गर्दा एक जना अपराधीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । गोलि हानेर भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिले नियन्त्रणमा लिन सफल भएको हो ।
बिरगंजको साल्ट ट्रेडिङ्ग अगाडी गोलि हानेर भाग्दै गरेको अवस्थामा सूचना आउनसाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलिले पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राथोडले जानकारी दिनुभयो । उहाले पक्राउ गरिएको अपराधीको साथबाट १७ राउन्ड गोलि सहित एक थान हतियार बरामद भएको बताउनु भयो । बिरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने सन्तोष दासलाइ गोलि हानी भाग्दै गर्दा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ गरिएको माथी अवाश्यक कारवाही भइरहेको र घाइते दासलाइ नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक राथोडले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.