Ultimate magazine theme for WordPress.

पर्सा जिल्ला बन्द गर्ने मोर्चाको निर्णय

67

वीरगन्ज,फागुन २३:सप्तरी घण्टाको विरोध गर्दै र घटनामा संलग्न दोषी प्रहरीलाई कार्यवाहीको माग गर्दै भोली(२०७३ साल फागुन २४गते सोमबार) एक दिनका लागि पर्सा जिल्ला बन्द गर्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले निर्णय गरेको छ । वीरगन्जमा आज बसेको मोर्चा पर्साको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले शान्तिपुर्ण आन्दोलनमा सहभागि भएका मोर्चाका निहथा नेता कार्यकर्ता माथि प्रहरीले बरर्बदमन गर्दै चलाएको गोली लागि तीन जनाको मृत्यु भएको र दर्जनौ घाइते भएको विरोधमा बन्द आह्वान गरिएको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले जानकारी दिनुभयो ।उहाँले घटनामा संलग्न दोषि प्रहरीलाई अविलम्ब कार्यवाही र प्रहरीले गरेको दमनबाट भएका घाइतेको उपचारको साथै उचित क्षेतीपुर्तीको माग बैठकलले गरेको बताउनु भयो ।
मोर्चाको आह्वानमा सप्तरीमा भएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गोली चलाउदा मृत्यु वरण गरेका विरहरुलाई श्रधान्जली अर्पण गर्दै मोर्चाको बैठकले मृतकका आस्रीत परिवारलाई उचित क्षेती पूर्ती दिन सरकारसंग जोडदार माग गरेको अध्यक्ष यादवले जानकारी दिनुभयो। उहाँले मोर्चाले आह्वान गरेको बन्दको क्रममा एम्बुलेन्श,बारुणयन्त्र, पर्यटक वाहन,प्रेसका वाहन, औषधी बोकेका वाहन, औषधी पसललाई संचालन गर्न दिन मोर्चाले निर्णय गरेको छ । यस बाहेक पर्साबाट संचालन हुने लामो तथा छोटो दुरीको यातायाका साधन, उद्योग व्यपार, पसल,बजार शैक्षिक संस्था, वित्यसंस्था बन्द गरी मोर्चाले आह्वान गरेको बन्दलाई सफल बनाउन उद्योगि व्यपारी तथा सर्वसाधारणलाई आग्रह गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो।
बैठकमा तमलोपा पर्साका जिल्ला अध्यक्ष पुरुषोत्मलाल झा, सद्भावना पार्टीका पर्सा उपाध्यक्ष अनिरुद्ध प्रसाद कलवार, रामसापाका जिल्ला अध्यक्ष प्रेमबाबु पटेल, मधेसी जन अधिकार फोरम (गण्तान्त्रिक)का जिल्ला अध्यक्ष मुस्तकिम अन्सारी,तमसपाका केन्द्रिय सदस्य राजेश कुमार राय, नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष कृषण पटेल लगायतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.