Ultimate magazine theme for WordPress.

पर्सामा मुर्लीधर रुङ्गटाद्वारा दलित परिवालाई कम्बल सहयोग

85

वीरगन्ज,२४ मंसिर । वीरगन्ज उपमहानगरपालिकाको वडा नम्बर ३० उदयपुरघुर्मीमा रहेको दलित बस्तीमा शुक्रबार रुङ्गटा ओयलफेयर सोससाइटीले कम्बल वितरण गरेको छ । रुङ्गटा ओयलफेयर सोससाइटीका अध्यक्ष  मुर्लीधर  रुङ्गटाले दलितवस्तीका २३ परिवारलाई कम्बल वितरण गरेका हुन ।

विगत पाँच दिन देखी पडिरहेको भिष्ण जाडोको कारण उदयपुघुर्मीको दलितवस्तिका वासिन्दा अत्याधिक चिशोको मारमा परेको जानकारी पाएपछि त्तकालका लागि २५ परिवारलाई मक्बल वितरण गरी सहयोग गरेको अध्यक्ष रुङ्गटाले जानकारी दिनुभयो । उहाँले संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले दलितवस्तीका वासिन्दाको पिडा वारे जानकारी गराएको दुई दिन भित्रै आज कम्वल वितरण गरी थोरौ भएपनि सहयोग गर्ने प्रयास गरेको बताउनुभयो ।

न्यानो कपडाको अभावमा कसैको ज्यान जान नहुने मान्यता राख्दै रुङ्गटा सोसाइटीले प्रतेक वर्ष बारा पर्साको दलित वस्तिमा न्यानो कपडा तथा कम्बलहरु वितरण गर्दै आएको अध्यक्ष रुङ्गटा जानकारी दिनुभयो ।

कम्बल वितण कार्यक्रममा उपस्थित रहेका शान्ति समितिका अध्यक्ष समेत रहेका अध्यक्ष प्रदीप यादवले रुङ्गटा परिवारले गरिब असहायहरुको तन मन धनले वर्षौदेखि सेवा गर्दै आएको बताउनु भयो । उहाँले वीरगन्जमा धेरै अर्बपति भएपनि गरिबलाई सहयोग गर्ने रुङ्गटापरिवार जस्तो मन भएका समाजसेवी थोरै रहेको जिकिर गर्नु भयो ।

Leave A Reply

Your email address will not be published.