Ultimate magazine theme for WordPress.

पर्सामा फेरी भयो बलात्कार घटना, प्रहरी सुस्त, बलात्कारी फरार

125

पर्सा, ६ मंसिर ÷ पर्साको ग्रामिण भेगमा पर्ने छिपहरमाई गाउपालिका वडा नं. १ मिर्जापुरमा पुनः बलात्कार घटना दोहोरीएको छ । सामुहिक बलात्कारको घटना नसेलाउदै पर्सामा पुनः दोश्रो पटक बलात्कारको घटना बाहिर आएको हो ।
पर्साको ग्रामिण क्षेत्रमा पर्ने मिर्जापुर निवासी २५ बर्षिय महिलालाई बलात्कार भएको स्थानियद्वारा नै बलात्कार भएको बाहिर आएको छ । गत सोमवार दिउसो घरमा कोइ नभएको बेला स्थानिय ३२ बर्षिय राजकुमार यादवले घरमा पसी, मुख थुनी जबरजस्ती करणी गरेको आरोप लगाउदै प्रहरी समक्ष भनिन्न । बलात्कृत भएकी महिलाको ब्यान र जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले स्वास्थ्य परिक्षणको लागि वीरगंज स्थित नारायणि उपक्षेत्रिय अस्पतालमा पठाइएपनि हालसम्म रिपोर्ट आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बलत्कारको घटना जिल्ला प्रहरी कार्यालय पर्सामा आउनसाथ स्वास्थ्य परिक्षण गराउन अस्पताल पठाइएपनि हालसम्म बलात्कार गर्ने बलात्कारीलाई पक्राउ नगरिएको स्थानिय श्रोतले जनाएको छ । स्थानिय श्रोतले जनाए अनुसार जिल्ला प्रहरी कार्यालय पर्सामा बलात्कारको जाहेरी गए पश्चात राजकुमार यादव गाउबाटै फरार भएको बताएका छन् । इलाका प्रहरी कार्यालय पोखरीयाबाट टोली पुग्न अगाडी नै यादव फरार भएको श्रोतको दावी रहेको छ ।
पर्सा जिल्लामा दिन प्रति दिन बढ्दै गएको बलात्कारको घटनाले पर्सावासीहरुलाई त्रसित बनाएको छ । पर्सा प्रहरीको फितलो काम कारवाही र गैर जिम्मेवारीका कारण बलात्कारीहरुलाई पक्राउ गर्न नसक्दा यस्ता घटना दोहोरी रहेको सर्वसधारणको भनाई रहेको छ ।

Leave A Reply

Your email address will not be published.