Ultimate magazine theme for WordPress.

पर्साको भिस्वा नाका बन्यो तस्कर संगठनहरूको अखडा, बाराको बलिरामपुरबाट रोकिएन गिट्टी तस्करी

490

उमेश दुबे
पर्सा, २४ फाल्गुन / पर्सा, बाराको ग्रामिण भेगहरूबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा तस्करी कार्य फस्टाएको छ । बिरगंजको मूल नाकाको रूपमा चिनिने बिरगंज भन्सार अगाडी कडाइ हुनसाथ बारा र पर्साको ग्रामिण भेगहरूबाट तस्करी कार्य फस्टाएको हो ।
नेपाल र भारतको सीमा नाकाबाट केही दिनदेखी तस्करी कार्य ठप्प रहेपनी माथिल्लो निकायको निर्देशनमा तस्करी कार्य पुन: सुचारू भएको छ । बाराको मुसहर्वा, बलिरामपुर र पर्साको भिस्वा, जान्किटोला, आसवारी, भिखमपुर नाकाबाट तस्करी कार्य फस्टाएको हो । माथिल्लो निकायको निर्देशनमा धमाधम मालसमान पक्राउ गरिन थालेपनी करीब १० दिनदेखी भिस्वा नाकाबाट तस्करी कार्य सुचारू भएको छ । भिस्वा नाकामा दिनप्रतिदिन तस्करहरू बढ्दै गएको एक जना स्थानियवासीले बताएका छन ।
स्थानियवासीले आफ्नो नाम नछाप्ने सर्तमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले मालसमानको स्कटिङ बाहेक अरू केही नजानेको बताए । भिस्वा नाकाबाट मरिच, केराउ, कपडा, कबाड, कस्मेटिक आइटमहरूको तस्करी बढेको बताए । केही दिन पहिला कारवाहिमा तानिएका बि.ओ.पि भिस्वाका सशस्त्र प्रहरी निरीक्षक चुन थापाले फिर्ता हुनसाथ सीमा नाकालाइ कमाइ खाने भाडो बनाएका छन । सशस्त्र प्रहरी निरीक्षक थापा आएदिन देखि तस्करी लाइन चलाएका र तस्करीको करीब ७० लाख बराबरको कपडा नेपाल भित्रयाएको आरोपमा २ नम्बर बाहिणी तानिएका थिए ।
करीब ७० लाख बराबरको कपडा नेपाल भित्रयाइएको आरोपमा तनिएका थापा फिर्ता हुनसाथ गिट्टी, बालुवा, कपडा, कवाड, चल्ला, मरिच र केराउको लाइन दिएको प्रहरी श्रोतले जनाएको छ । माथिल्लो निकायलाइ मोटो रकमको नजराना बुझाए पश्चात् थापा बिश्वासिलो पात्र हुन पुगेको बताइएको छ ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल आफ्नो कुनैपनी प्रहरी घुसको रकम खाए कारवाही गरिने बताएपनी ढकालको आदेशलाइ धज्जी उडाउदै नेपाल प्रहरीले स्कटिङ्ग समेत गर्ने गरेको स्थानियले बताएका छन । एक जना तस्करका अनुसार प्रहरी चौकिकै माध्यमले माथिल्लो निकायसम्म रकम पुग्ने गरेको बताए । तलदेखी माथिल्लो निकायसम्न लाखौ रकम महिनवारी बापत दिएकोले कार्य गरिरहेको तस्कर श्रोतले जनाएका छ्न । यस बिषयमा माथिल्लो निकायको ध्यान जान अति आवाश्यक छ ।

Leave A Reply

Your email address will not be published.