Ultimate magazine theme for WordPress.

पर्साको भिष्वाबाट फस्टाउदै तस्करी, १८ लाख बराबरको छोहडा र मरिच बरामद

323

उमेश दुबे
पर्सा, १५ मंसिर ÷ पर्साको ग्रामिण भेगमा पर्ने भिष्वाबाट तस्करीको लाइन सूचारु भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा भिष्वाबाट तस्करीको लाइन सूचारु भएको हो ।
सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल र शान्ति सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरीले केही पैसाको लोभमा परी छोहडा र मरिच तस्करीको लाइन सूचारु गरेका हुन । केही महिनादेखी भिष्वा नाका तस्करहरुको अखडाको रुपमा चिनिने गरेको कुनै नौलो कुरो होइन । वीरगंजबाट प्रति दिन भिष्वा बजारको नामले जाने गरेको समाग्रीहरु मध्ये अधिकांश छोहडा र मरिच भिष्वासम्म जाने गरेको र भिष्वाबाट तस्करीको बाटो हुदै भारत पुग्ने गर्दछ । बजारको नाममा तस्करी गरिनु गैर कानूनी भएपनि खुल्याम तरिकाले तस्करी हुनु नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागिता रहेको बारे प्रष्ट हुन्छ ।
दिनहु बजारको नाममा ट्रयाक्टरको माध्यमले समाग्रीहरु भिष्वा पुग्ने र भिष्वाबाट भारत पुग्ने गर्दछ । भिष्वा जस्तो ठाउ“मा के कति छोहडा र मरिचको खपत हुने गरेको जानकारी भएतापनि प्रति दिन बजारको नाममा समानहरु जानु के को उदेश्य रहेको बारे प्रष्ट हुन्छ । मंसिर १४ गते राति जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले भिष्वा नाका हुदै भारततर्फ जाने क्रममा ना ४ त ५३२२ नम्बरको ट्रयाकटरमा लोड रहेको छोहडा र मरिच नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ट्रयाक्टरमा लोड रहेको छोहडा र मरिच करिब १७ लाख ६० हजार ६ सय ५० रुपैया बराबरको रहेको जनाएको छ ।
भिष्वा बजारको नामले गएको छोहडा र मरिच पर्सा प्रहरीले बरामद गरे पश्चात भिष्वा बजार दिनभरी ठप्प रहेको थियो । भिष्वा बजारका पसल संचालकहरुले दिनभरी भिष्वा बजार बन्द गरी प्रहरी बिरुद्ध चर्को नारावाजी सहित प्रदर्शन गरेका थिए । बिभिन्न पसलको नामले गएको कस्मेटीक आइटम, छोहडा, मरिच लगायतको समाग्रीहरु पर्सा प्रहरीले दबंगै पाराले नियन्त्रणमा लिएको भन्दै भिष्वा बजार दिनभरी बन्द गरी प्रदर्शन गरिएको स्थानिय पसल संचालकहरु बताउछन् । आफुहरुले नेपाल भित्रै बिक्रि बितरण गर्नको निम्ति वीरगंजबाट समानहरु ल्याएपनि पर्सा प्रहरीले आफुहरु प्रति घोर आक्रमण गरेको बताएका छन् ।
यता पर्सा प्रहरीले पक्राउ गरेको ट्रयाक्टर, छोहडा र मरिच अवाश्वक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको बिज्ञप्ती मार्फत जनाएको छ ।

Leave A Reply

Your email address will not be published.