Ultimate magazine theme for WordPress.

पर्साको ग्रामीण भेग हुँदै भारततर्फ लग्दै गरेको अवस्थामा एक पिक अप केराउ सशस्त्र प्रहरीको नियन्त्रणमा

419

पर्सा, २३ भाद्र / पर्साको ग्रामीण नाका हुँदै तस्कर संगठनले भारततर्फ लग्दै गरेको अवस्थामा एक पिक अप केराउ सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । गएराती बा १४ च २९१६ नम्बरको पिकअपमा केराउ लोड गरि भारततर्फ लगिरहेको बिशेष सूचना पाउनसाथ सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिन सफल भएको हो ।
पर्सा जिल्लाको ग्रामीण नाका हुँदै भारततर्फ लगिरहेको बेला नेपाल र भारतको दस गज्जाबाट पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । केही तस्कर संगठनहरू ग्रामीण नाकालाई प्रयोग गर्दै केराउ, छोकडा र मरिच लगायतका मालसमान अबैध रूपले निर्यात गर्न सफल भएकै बेला बोर्डर आउट पोस्ट अमरपटीबाट खटिएको टोलिले नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको केराउ २५ क्यून्टल भन्दा बढी रहेको र अवाश्यक कारवाहीको लागि केराउ बोकेको पिकअप सहित बिरगंज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी निरीक्षक निरन्जन कार्कीले जानकारी दिनुभयो ।

यता तस्कर संगठनले केही दिनदेखी पानी बोक्ने गाडीमा केराउ लोड गरि भारततर्फ निर्यात गर्न सफल हुँदै आएका थिए । बारा जिल्लामा रहेका गोदामबाट लोड गरि पर्साको ग्रामीण क्षेत्रहरूको विभिन्न नाका प्रयोग गर्दै भारततर्फ निर्यात गर्दै आएको श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार आफुलाइ पर्सा जिल्ला एसपीको घुमुवा बताउदै प्रहरी नायब निरीक्षकले रकम बुझे पश्चात् बाटोमा पर्ने प्रहरी चौकीहरूले नरोक्ने गरेको बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायब निरीक्षक सुमन सिंहले लाखौ रूपैया मासिक नजराना बुझेको कारण नेपाल प्रहरीले गाडी समेत चेकजाच नगर्ने गरेको बताए । प्रहरीको नाममा सइ सुमन सरले पैसा लिनु भएको छ अनि गाडी कसरी प्रहरीले समाउछ भन्दै श्रोतले बताए ।
जिल्ला प्रहरी कार्यालय पर्साको घुमुवा भन्दै चान्दा आतन्क मचाएका प्रहरी नायब निरीक्षक सुमन सिंह माथी कारवाही हुन अवाश्यक देखिन्छ । केही रकमको लोभमा परि आफ्नो संगठनको नीति निर्देशन विपरित र पर्सा जिल्लामा इमान्दारिताको साथ अगाडी बढिरहेकी एसपी गङ्गा पन्तको छविलाई खराब गर्ने प्रयास गरेका प्रहरी नायब निरीक्षक सिंह माथी कारवाही हुन अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.