Ultimate magazine theme for WordPress.

पर्साको ग्रामिण नाकाबाट रुकेन तस्करी, सखर र गहु सहितको ट्रयाक्टर पर्सा प्रहरीको नियन्त्रणमा

71

पर्सा, २२ मंसिर / पर्सा जिल्लाको ग्रामिण भेगहरुबाट तस्करी कार्य सुचारु नै रहेको प्रमाण फेला परेको छ । ठुला वडा तस्करहरु हालको समयमा ग्रामिण नाकाकै प्रयोग गरी ठुला वडा तस्करीका धन्दा सुचारु गरेको पाइएको हो ।
पर्सा जिल्लाको ग्रामिण भेगमा पर्ने भिष्वा, आसवारी, टिउकी, जानकीटोला, अमरपटी लगायतको सीमा नाकाको प्रयोग गर्दै तस्करी धन्दा चलाइ नै रहेको प्रहरीको काम कयरवाहीले प्रष्ट पारेको छ । बिहिवार बिहान करिब २ बजेको समयमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले भारतबाट नेपाल भित्रयाइएको सखर र गहु सहितको ट्रयाक्टर नियन्त्रणमा लिन सफल भएको छ । बिशेष सुचनाको आधारमा पर्सा जिल्लाको छिपहरमाई गाउपालिका वडा नम्बर २ टिउकी नजिकैबाट संयुक्त प्रहरी टोलीले सखर र गहु सहितको ट्रयाक्टर नियन्त्रणमा लिन सफल भएको हो ।
बिहिवार राति बिशेष सुचनाको अधारमा खटिएको प्रहरी टोलीलाई देख्नसाथ चालक फरार भएपनि ना २ त ४०३६ नम्बर सोनालिका ट्रयाक्टरमा लोड रहेको अन्दाजी २ सय ३० क्युन्टल गहु र अर्को टेलरमा अन्दाजी ८० क्युन्टल सखर तथा एउटा खाली टेलर नियन्त्रणमा लिन सफल भएको पर्सा प्रहरीले जनाएको छ । बिहिवार बिहान नियन्त्रणमा लिएको ट्रयाक्टर सहित गहु र सकर अवाश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जानकारी गराएको छ ।
यता पर्सा जिल्लाको ग्रामिण भेगको नाका प्रयोग गर्दै ठुला वडा तस्करहरु सलबलाएको यस घटनाले प्रमाणित समेत गरेको छ । टिउकी नाकाको प्रयोग गर्दै नेपाल भित्रिएको गहु र सखर प्रहरीले बरामद गरेपनि नाकामा बसेर आफ्नो कमाई खाने थल्लो बनाउन सफल भएका प्रहरीलाई केही कारवाही प्रकृया नगरिएको देखिन्छ । स्थानीय प्रहरी चौकी र बोर्डर आउट पोष्टका कमाण्डर माथि केही कारवाही नहुनुले माथिल्लो निकायसम्म संलग्नता हुने गरेकै कारण तस्करी धन्दा मौलाएको हुन सक्ने अनुमान गरिन थालिएको छ ।

Leave A Reply

Your email address will not be published.