Ultimate magazine theme for WordPress.

पर्साको अमरपट्टि नाका हुँदै तस्करी सुरू, सम्बन्धित निकाय मौन

165

पर्सा, २ मंसिर / पर्साको सीमावर्ती क्षेत्र अमरपट्टि नाका हुँदै तस्करी सुरू भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा अमरपट्टि नाका हुँदै तस्करी कार्य सुचारू भएको हो ।
पर्सा जिल्लाबाट बिगत लामो समयसम्म रूकिएको तस्करीको कार्य सुरक्षाकर्मीहरूकै सहयोगमा सुचारू भएको बुझिन्छ । अमरपट्टि नाकाबाट प्रती दिन करोडौ बराबरको मालसमान अबैध तरिकाले आयात निर्यात भइरहेपनि स्थानीय प्रहरी प्रशासन रकममा लिप्त भइ निरीह बनेको पाइन्छ । अमरपट्टि नाका हुँदै कपडा, हार्डवेयर, कस्मेटिक समाग्रीका साथै जुता चप्पलको समेत तस्करी कार्य सुचारू रहेको पाइन्छ । सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बलले समेत रकममा लिप्त भएपछी तस्करी कार्य फस्टाएको बुझिन्छ ।
सशस्त्र प्रहरी बल नेपाल र शान्ती सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरीले सन्युक्त रूपमा तस्करीको रकम बुझे पश्चात् अमरपट्टि नाकाबाट तस्करीको कार्य सुरू गरिएको एक स्थानीयले जनाएका छन । भारतीय नम्बरका सवारी साधनलाइ महानगर भित्र चेकजाँच गर्ने बहाना गरिएपनी सुरक्षाकर्मीहरूकै सहयोगमा अमरपट्टि नाका हुँदै सहजै रूपले तस्करीका मालसामान ओहोर दोहर गर्ने गरेको पाइन्छ । आ-आफ्नो ठाउमा दुबै संगठनका प्रमुखले इमान्दार रहेको दाबी गरिरहेपनी द्वय संगठनका कर्मचारीहरू रकममा लिप्त रहेका छन ।
सीमा सुरक्षाको साटो सीमाबाट हुने अबैध कृयाकलापलाइ बढावा दिने यस्ता सुरक्षाकर्मी माथी समयमै माथिल्लो निकायले ध्यान नपुर्याए अगामी दिनमा सीमा हुँदै अपराधी क्रियाकलापका समाग्री भित्रिन नसक्ने भन्न सकिन्न । तसर्थ यस्ता क्रियाकलापलाई बढावा दिने प्रहरी चौकी अमरपट्टि र बोर्डर आउट पोस्ट इटियाहीका कमान्डर माथी माथिल्लो निकायको ध्यान जान अति अवाश्यक रहेको देखिन्छ ।

Leave A Reply

Your email address will not be published.