Ultimate magazine theme for WordPress.

पराजित हुने त्रासले उपनिर्वाचनमा जसपाको जालझेल

212

बारा, ३१ चैत्र / उपनिर्वाचनको समय नजिक्दै जादा जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरु समाजिक संजालको माध्यमले अर्को उम्मेदवार माथि झुटको जालझेल गर्दै बदनाम गर्नेतर्फ अग्रसर भएको देखिन्छ । बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा पराजित हुने भय सताए पश्चात जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले समाजिक संजाल टिकटक र फेसबुकको माध्यमले प्रतिद्वन्दीले समर्थन गरेको भन्दै झुठो प्रचारवाजी गर्दै बदनाम गर्नेतर्फ अग्रसर भएको देखिएका हुन ।
निर्वाचन अचार सहिताको उल्लंघन गर्दै जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुश्वाहाले आफ्नो समर्थन उपेन्द्र यादवलाई गरेको झुठो भिडियो बनाई सार्वजनिक गरेको पाइन्छ । समाजिक संजालमा झुठको खबर फैलाउनुले जनता समाजवादी पार्टी क्षेत्र नम्बर २ मा कमजोर रहेको बारे प्रष्टै बुझन सकिन्छ । यसपालिको पनि उपनिर्वाचनमा जनता समाजवादी पार्टीले पराजित हुने डरले यस्ता भिडियो बनाई बदनाम गर्न खोजिएको हुन सक्ने आक्लन समेत स्थानीहरुको रहेको छ ।
बारा जिल्लाको क्षेत्र नम्बर २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने संकेत देखिन्छ । जनमत पार्टी, जनता समाजवादी पार्टी र नेकपा एमालेका उम्मेदवार गरी त्रिपक्षीय प्रतिस्पर्धा हुने सक्ने संकेत देखापरेपनि जनमत पार्टीका उम्मेदवारलाई नै टार्गेट गर्दै जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले टिक्का टिप्पणी गर्नुको साथै फेक भिडियो बनाई बदनाम गर्न खोज्नुले जनमत पार्टी नै निर्वाचित हुन सक्ने स्थानीयहरुको ठहर रहेको छ । स्थानीयहरुका अनुसार यस क्षेत्रमा जसपा पार्टी भारी मतले पराजित हुने बताएका छन । यसअघिको निर्वाचनमा जसपाका उम्मेदवार निर्वाचित भएपनि उपनिर्वाचनमा जसपा पार्टी पराजित हुने, स्थानीयले बताए ।
आफ्नै गाउघरका उम्मेदवारका साथै क्षेत्र नम्बर २ का भुमिपुत्र शिवचन्द्र कुश्वाहालाई यसपालिको उपनिर्वाचनमा निर्वाचित गराउने स्थानीयहरुले प्रतिवद्धता जाहेर गरेका छन । जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुले जति झुक्याउने प्रयास गरेपनि यसपालिको निर्वाचनमा जनता नझुक्ने, स्थानीय रामप्रवेश यादवले बताए । उपनिर्वाचनमा जातिय राजनीति गर्नेहरु तथा मधेसको नाममा राजनीति गरेर आफ्नो रोटी सेक्ने नेतालाई कुनै हालतमा स्विकार गर्न नसक्ने बताएका छन ।

Leave A Reply

Your email address will not be published.