Ultimate magazine theme for WordPress.

पत्रकार माथी आक्रमण गर्ने मन्सूर र सराफ बारा प्रहरीको नियन्त्रणमा

419

उमेश दुबे
बारा, २९ बैशाख / बाराका पत्रकार पवन यादव माथी आक्रमण गर्ने दुई जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । पत्रकार माथी आक्रमण गर्नेहरूलाइ १२ घन्टा नबितिदै बारा प्रहरीले नियन्त्रणमा लिएको हो ।
कलैयाबाट घर जाँदै गरेको अवस्थामा पत्रकार पवन यादव माथी आक्रमण भएको थियो । कलैया उप-महानगरपालिका वडा नम्बर ३ का छोटु मन्सूर भनिने इरफान मन्सूर र वडा नम्बर २ का नारायण सराफलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । पत्रकार माथी आक्रमण गर्ने मन्सूर र सराफ माथी आजै मुदा दर्ता गरि प्रक्रिया अगाडी बढाउने बताउनु भयो । मन्सूर र सराफको आक्रमणमा परि घाइते भएका पत्रकार पवन यादव उपचार पछि घर फर्केका छन ।

Leave A Reply

Your email address will not be published.