Ultimate magazine theme for WordPress.

पक्राउ परेका विद्यार्थी रिहा

70

विरगंज, १३ फागुन – विरगंज स्तिथ ठाकुराम बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ परेका ३ जना विद्यार्थी नेतालाइ आज साझा आधिकारिक कुराकानी पछि प्रहरीले रिहा गरिएको छ ।

समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य तथा ठाकुर राम बहुमुखी क्याम्पस ईकाई कमिटि अध्यक्ष निखिल वर्णवाल, समाजवादी विद्यार्थी संघका जिल्ला तथा ठाकुर राम बहुमुखी क्याम्पस ईकाई कमिटि अध्यक्ष मधुसुदन चौरसिया र विद्यार्थी मंचका ठाकुर राम बहुमुखी क्याम्पस ईकाई कमिटि अध्यक्ष कृष्ण दासलाइ आज जिल्ला प्रहरी कार्यालयले रिहा गरेको जानकारी, संघिय समाजवादी फोरम नेपालका रोहित वर्णवालले बताए ।

विभिन्न विद्यार्थी संगठनहरुको समुह विद्यार्थी मोर्चाले आगामी फागुन १८ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको विरोध गर्दै आएका थिए र क्याम्पसमा तालाबन्दी समेत गरेका थिए । आजको घटना पश्चात स्ववियु चुनाव नहुने सम्भावना बढेको छ ।

Leave A Reply

Your email address will not be published.