Ultimate magazine theme for WordPress.

नेशनल मेडिकल कलेजका दुई बिधार्थी बिच खुकुरी हानाहान, ३ जना घाइते

1,106

उमेश दुबे
पर्सा, २० असार ÷ पर्साको नेश्नल मेडिकल कलेजमा अध्यण गरिरहेका दुई बिधार्थी बिच खुकुरी हानाहान भएपछि ३ जना घाइते भएका छन् । घरायसी विवादलाई लिएर भएको चर्काचर्की खुकुरी हानाहानमा परिणत भएको हो ।
वीरगंज महानगरपालिका वडा नम्बर १५ स्थित त्रिशुल चौकमा डेरा गरी बस्दै आएको अरबिन्द सहनी र रंजित प्रसाद रौनियार बिच भएको खुकुरी हानाहानमा ३ जना सख्त घाइते भएका छन् । नेश्नल मेडिकल कलेजमा पढदै आएको अरबिन्द सहनीले खुकुरी प्रहार गर्दा अर्का बिधार्थी रंजित प्रसाद रौनियार र उनका बहिनी चादनी देवी रौनिया सख्त घाइते भएकी छन् भने उनका आमा मिनादेवी रौनियार हातमा चोट लागि समान्य घाइते भएकी छिन । खुकुरी हान्ने अरबिन्द सहनी फरार रहेपनि खोजतलाशमा जुटिसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.