Ultimate magazine theme for WordPress.

नेवि संघद्धारा वीरगंजमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

73

वीरगंज १४ माघ ।
प्रतिनिधिसभामा प्रतिपक्षको बेल घेराउका बीच शुक्रबार चिकित्सा विधेयक पारित गरिएपछि आक्रोशित नेपाली कांग्रेसले विभिन्न ६ वटा मुद्दालाई केन्द्रमा राखेर देशभर भातृसंगठन मार्फत आन्दोलन शुरु गरेको छ । सो क्रममा आज वीरगंजमा नेपाल विद्यार्थी संघ पर्साले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । नेवी संघ पर्साका अध्यक्ष विश्वास रन्जन दिवेद्धीको नेतृत्वमा वीरगंज महानगरपालिकाको ठाकुर राम बहुमुखी क्याम्पस अगाडी र आर्दशनगर चौकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको हो । पुतला दहन कार्यक्रममा नेपाल विधार्थी संघका केन्द्रिय सदस्य सुधिर पटेल, बद्रि तिवारी, विधार्थी नेता विकेश पटेल, बिटु अंसारी लगायतको उपस्थीती रहेको थियो । यस अघि ठाकुर राम बहुुमुखी क्याम्पसबाट निस्किएको विद्यार्थीहरुको जुलुसले सरकार विरोधी नारावाजी गरेको थियो ।

Leave A Reply

Your email address will not be published.