Ultimate magazine theme for WordPress.

नेविसंघले २८ बर्ष उमेर हद मान्ने तर तोकिएकै मितिमा चुनाव हुनुपर्ने

48

काठमाडाैं, ८ माघ – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनको उमेर हद २८ बर्ष मान्न तयार रहेको बताएको छ । तर त्रिभुवन विश्व विद्यालयले तोकेको मितिमा स्ववियु निर्वाचन हुनुपर्ने नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्ववियु उम्मेदवारको हदबन्दीका विषयमा संगठन, पार्टी नेतृत्व र अदालतमा समेत छलफल भइसकेकोले विवाद नहुने विज्ञप्तिमा भनिएको छ ।

उम्मेदवार बन्न तोकेको उमेर हदप्रति नेविसंघ असन्तुष्ट भएको भन्ने हल्लामा कुनै सत्यता नभएको भन्दै नेविसंघले प्रेस विज्ञप्ति जारी गरेर आफूहरु उमेर हद मान्न तयार भएको र तोकिएकै समयमा स्ववियु निर्वाचन हुने पर्ने जनाएको हो ।

त्रिभुवन विश्व विद्यालय कार्यकारी सभा सिनेटले आगामी फागुन १४ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकेको छ ।

Leave A Reply

Your email address will not be published.