Ultimate magazine theme for WordPress.

नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय चल्ला, नेपालको विभिन्न ठाउहरूमा पुर्याइदै

201

उमेश दुबे
पर्सा, ४ फाल्गुन / सरकारले भारतीय चल्ला नेपाल भित्र्याउन रोक लगाएपनी बैधानिक रूपमा देशको विभिन्न ठाउहरूमा पुर्याइदै आइएको समाचार प्राप्त भएको छ । भारतीय चल्ला अबैध तरिकाले नेपाल भित्रयाइएपनी बैधानिक रूपमा हयाचरीको बिल काटी देशको विभिन्न ठाउहरूमा तस्कर संगठनहरूले पुर्याउदै आएका हुन ।
नेपाल र भारतको सीमामा पर्ने पर्सा जिल्लाको अलौ नाकाबाट तस्कर संगठनहरूले अबैध रूपमा भारतीय चल्ला नेपाल भित्रयाइरहेका छन । अबैध रूपमा भित्रयाइएको चल्ला स्थानिय हयाचरीमा पुर्याइ हयाचरीकै बिल काटी विभिन्न ठाउहरूमा पुर्याउदै आएको श्रोतको दाबी रहेको छ । सीमा नाका हुँदै नेपाल भित्र्याउनको निम्ति नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मोटो रकमको नजराना दिए पश्चात् भित्रयाउन सफल हुने र हयाचरीमा पुग्नसाथ बैधानिक रूपले बिलको सहयोगमा विभिन्न ठाउहरूमा पुर्याउने गरेको तस्कर श्रोतको दाबी रहेको छ ।
सीमाको प्रमुख जिम्मेवारी सशस्त्र प्रहरी बलले लिएको कारण तस्कर संगठनले सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवर लगायत स्थानिय बोर्डर आउट पोस्ट अलौ नाकालाई समेत मिलाइ चल्लाको तस्करी तिब्र रूपले अगाडी बढाइएको बताइन्छ । सशस्त्र प्रहरी बलले मात्र रकम बुझी तस्करीको लाइन चल्न सक्ने सम्भावना नरहेकोले स्थानिय प्रहरी चौकिलाइ समेत मोटो रकमको नजराना बुझाए पश्चात सुचारु भएको, श्रोतले बताए ।
को हुन सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवर ?
पर्सा जिल्लाको कमान्ड सम्भाल्नसाथ पर्सा जिल्लाको तस्कर संगठन लगायत अपराधी गतिविधि समाप्त बराबर गरेका प्रहरी उपरीक्षक रमेश खरेलको पालामा बिरगंज भन्सार रजस्व गस्ती टोलिका प्रमुखको रूपमा सशस्त्र प्रहरी नायब उपरीक्षकको पदमा कुवर जिम्मेवारी सम्भालेका थिए । तर त्यति खेर पनि सशस्त्र प्रहरी उपरीक्षक कुवर एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा लागेकोले बाहिनीपतिले तानेर कारवाहीको भागिदार बनाइएको बुझिन्छ । १८ वटा भैसीको ट्रक बापत १ लाख नजराना बुझेर छोडेको अभियोग समेत लागेको थियो । घुस रकम खाएर भैसीको ट्रक छाडिएको अभियोगमा कारवाहि स्वरूप बिरगंज भन्सार राजस्वबाट कुवरलाइ तानिएको थियो ।
सशस्त्र प्रहरी नायब उपरीक्षकबाट सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा हुनसाथ पर्सा जिल्लाको लागि ताकी ताकी हेरेर बस्ने दिपेन्द्र कुवर आउनसाथ घुमुवाको माध्यमले तस्करीको रकम उठाउन थाले । तस्करीको रकम उठाउनसाथ डिआइजी अर्यालले घुमुवालाइ कारवाही स्वरूप तानी अन्यत्र जिल्ला पठाएपनी हालको समयमा आफ्नो मनोमानी तरिकाले घुमुवा परिचालन गरि रकम उठाउदै गरेको रहस्य खुलेको छ । शनिवार राती करीब १२ बजेको समयमा पर्साको अलौ नाकामा पर्ने कोनिया हुँदै नेपाल भित्रिएको चल्ला घुमुवा टोलिले पक्राउ गरेपनी सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरकै आदेशमा मोटो रकमको नजराना बुझी ३ वटा मोटरसाइकलमा रहेको चल्ला छोडिएको र एउटा मोटरसाइकलमा लोड रहेको चल्ला नियन्त्रणमा लिएको घटनाले प्रष्ट पारेको छ ।
सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरले आफ्नो मनोमानी तरिकाले संगठनकै नीति निर्देशनलाइ खिल्ली उडाउदै सादा पोशाकमा टोलि परिचालन गर्नु के कति इमन्दार रहेको बारे पार्दछ । तसर्थ संगठनकै नीति निर्देशनलाई खिल्ली उडाउने यस्ता भ्रष्ट प्रहरी अधिकृत माथी संगठनले के कस्तो कारवाही गरिने हो, हेर्न बाकी नै छ ।

Leave A Reply

Your email address will not be published.