Ultimate magazine theme for WordPress.

नेपाल विधुत प्राधिकरणको लापरवाहीले लाखौ सर्वसाधारणलाई सास्ती

228

उमेश दुबे
पर्सा, २० असार / नेपाल विधुत प्राधिकरण बितरण केन्द्र बिरगंजको चरम लापरबाहीले पर्सा जिल्लाको लाखौ सर्वसाधारणलाई सास्ती खेप्नु परिरहेको छ । बितरण केन्द्र बिरगंजले आफ्नो मनोमानी तरिकाले पटक पटक लाइन काटिरहदा लाखौ सर्वसाधारणलाई सास्ती खेप्नु परेको हो ।
बिरगंज महानगरपालिका लगायत ग्रामिण क्षेत्रहरूमा समेत पटक पटक लाइन काटिरहदा पर्सा जिल्लाको लाखौ सर्वसाधारण मारमा परेका छन । बढ्दै गएको गर्मियाममा पटक पटक लाइन काटी रहदा समस्या भइरहेको बिरगंजवासीको भनाइ रहेको छ । नेपाल
विधुत प्राधिकरणले पटक पटक बिधुतिय लाइन काटिरहदा धेरै सर्वसाधारणको इलेक्ट्रोनिक समाग्री खराब भएको बिरगंजवासी बताउछन । गर्मियाममा अति अवाश्यक रहेको पन्खा समेत बिग्रीएको बताइन्छ । पटक विधुत काटिरहदा आफ्नो छोरा/छोरीलाई रातिको बेला पढाउनमा समेत समस्या भएको बिरगंजवासीले दुखेसो व्यक्त गरेका छन ।
नेपाल विधुत प्राधिकरण बितरण केन्द्र बिरगंजले आफ्नो मनोमानी तरिकाले दिनभरीमा सयौ पटक लाइन काटिरहदा कृषिको कार्यमा समेत समस्या भएको पर्साका कृशकहरू बताउछन । खेतीपातीको समयमा पटक पटक लाइन कटिरहदा आफ्नै खेतमा कृषि गर्न समस्या भएको कृषकहरूले गुनासो गरेका हुन । नेपाल कृषि प्रधान देश भनिएपनी विधुतले गर्दा कृषिको कार्यमा समेत असर पर्नु दुर्भाग्य रहेको बताए । नेपाल सरकारले लोडसेडिङ मुक्त देश भनेर चिनिने दावा गरिरहदा पनि बिगत १ हप्ता भन्दा बढी दिनदेखी प्राधिकरणको लापरबाहीले खेतीपाती समेत गर्न कठिनाइ भएको कृशकहरूले दुखेसो पोखे । तसर्थ : विधुत प्राधिकरणले गर्दा पर्सावासीमा पुगिरहेको असर बारे माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिएको छ ।

Leave A Reply

Your email address will not be published.