Ultimate magazine theme for WordPress.

नेपाल र भारतको सीमामा प्रहरी निगरानी बढनसाथ तस्करहरूमा खैलाबैला

299

उमेश दुबे
बारा, ६ फाल्गुन / बारा जिल्लाको नेपाल र भारतको सीमा नाकाहरूमा प्रहरीको निगरानी बढनसाथ तस्करी गर्ने गिरोहहरूमा खैलाबैला मचेको छ । बारा जिल्लामा भर्खरै आउनु भएका सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुवेदी र प्रहरी उपरीक्षक कृष्ण पगेनीले आ-आफ्नो युनिटका प्रमुखहरूलाइ कडा निर्देशन दिनसाथ सीमा नाकाहरूमा निगरानी बढेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख कृष्ण पगेनीले आफ्नो क्षेत्रमा पर्ने सबै प्रहरी चौकी, इलाका प्रहरी कार्यालय लगायतका प्रमुखहरूलाइ कडा निर्देशन दिएको बताउनु भयो । उहाले शान्ती सुरक्षा लगायत सीमाबाट हुने अबैध कारोबार बन्द हुनुपर्ने निर्देशन दिएको र कुनै नाकाबाट तस्करी गरे गराएको फेला परे कार्यालय प्रमुखलाइ कडा कारवाही गरिने निर्देशन दिएको बताउनु भयो ।

यता सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख दिग बिजय सुवेदीले यस अनलाइन सङ्ग कुरा गर्दै नेपाल र भारतको सीमाको सुरक्षा लगायत ग्रामिण भेगहरूमा निगरानी समेत बढाइएको बताउनु भयो । उहाले १२ नम्बर गणको कमान्ड सम्भाल्नसाथ बारा जिल्लामा रहेको ६ वटा बिओपीपतिहरूलाइ बोलाइ निगरानी बढाउन निर्देशन दिएको बताउनु भयो । उहाले आफ्नो संगठनको नीति निर्देशनको पालना गर्दै सीमामा निगरानी बढाउन निर्देशन दिएको बताउनु भयो ।
नेपाल र भारतको सीमा हुँदै हुने अबैध कारोबारहरू प्रहरीको निगरानी बढनसाथ तस्करहरूमा हडकम्प मचेको छ । बाराको सीमामा प्रहरीको निगरानी बढेपछी तस्करहरू अन्य जिल्लामा प्रवेश गरेको बुझिन्छ ।

Leave A Reply

Your email address will not be published.