Ultimate magazine theme for WordPress.

नेपाल भुमी अतिक्रमको बिरोधमा नव जनकल्याण युवा संजालद्वारा बिरगंजमा प्रदर्शन

256

पर्सा, ११ असोज / नेपाल भुमी अतिक्रमको बिरोधमा नव जनकल्याण युवा संजालले बिरगंजमा प्रदर्श गरेका छन । नेपालको हुम्ला जिल्ला नाम्खा गाउपालिका वडा नम्बर ६ लिमिको भुमी अतिक्रम गरेको बिषयलाई लिएर गो ब्याक चाइनाको ब्यानर सहित नव जनकल्याण संजालले बिरोध प्रदर्शन गरेका हुन ।
हातमा प्लेकार्ड लिएर युवा संजालका युवाहरूले चीनले गरेको जग्गा अतिक्रम कार्यको बिरोध गरेका थिए । कार्यक्रम नव जनकल्याण युवा संजालका अध्यक्ष सगिर अलीको अध्यक्षतामा भएको थियो भने प्रमुख वक्ता अली हसन, बिशिष्ट वक्ता विक्की राज पटेल र नुर आलम रहनु भएको थियोे । कार्यक्रममा संजय सर्राफ, प्रकाश पटेल,अविनाश यादव, कन्हैया साह, बिकास मेहता, संदीप पटेल, समीर हवारी, साहिल हसन, मुन्ना अंसारी, रहम अंसारी, शेष शहनवाज, नवीजान हवारी, भिम पंडित, कृष्णा पटेल, अंकुश पटेल, नितेश पटेल, अनिश पटेल अलीहसन, दिपक पटेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण विवेक कुमार झाले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.