Ultimate magazine theme for WordPress.

नेपाल–भारत सीमा सर्वेक्षणको वीरगंजमा बैठक, पुस ५ गतेदेखि बाँकी पिलर निर्माण गर्ने निर्णय

44

वीरगंज, ३ पुस/
नेपाल–भारत सीमा सर्वेक्ष्णको बैठक शनिवार वीरगंजमा सम्पन भएको छ । बैठकले नेपाल–भारत सीमा क्ष्Fेत्रमा पिलर निर्माण कार्य पुस ५ गतेबाट शुरू गर्ने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी गराए ।
नेपाल–भारत सीमा क्ष्Fेत्र अन्तर्गत चितवनदेखि बारासम्म १,८७० पिलरमध्ये ४७३ वटा पिलरको निर्माण तथा मर्मत कार्य सम्पन्न भएको छ । त्यस्तै, १३९७ वटा बाँकी पिलरको निर्माण कार्य तदारूकताका साथ अगाडि बढाउने निर्णय भएको प्रजिअ घिमिरेले बताए । पर्सा जिल्ला भारतीय सीमासँग ८५ किलोमिटर जोडिएको छ ।
सीमा सर्वेक्ष्ण बैठकले सीमा मिचिएको तथा अतिक्रमण भएको  ठाउँमा दुवै देशका पदाधिकारीहरूको रोहबरमा नक्शाङ्कन गरी उच्चस्तरीय समितिबाट सरकारस्तरको बैठकले निर्णय गर्ने सहमति भएको प्रजिअ घिमिरेले पत्रकारहरूलाई बताए ।
नेपाल–भारत सीमा क्ष्Fेत्र अन्तर्गत पर्ने ओरिया खोलाबाट भारतीय पक्षले अनाधिकृत तवरबाट दैनिक बालुवा उत्खनन गर्दै आइरहेकोमा सो कार्य अविलम्ब रोक्न मौखिक सहमति बनेको पनि प्रजिअ घिमिरेले बताए ।
यसैगरी नेपाल–भारतको दशगजामा रहेका बस्तीहरूको पहिचान गरी त्यस्ता बस्तीको नक्साङ्कन गरी आगामी बैठकमा सोबारे निर्णय लिने सहमति भएको पनि पत्रकारहरूलाई जानकारी गराए ।
बैठकमा नेपालतर्पmबाट प्रजिअ घिमिरेले सीमामा निर्माण गरिने पिलर बिजोर नम्बरको नेपाल सरकार तथा जोर नम्बरको पिलर भारत सरकारले बनाउने सहमति भएको जानकारी गराए । पिलर निर्माण गर्दा आउने समस्या दुवै देशका पदाधिकारीहरूको बैठक गरी सुल्झाउने निर्णय भएको उनले बताए ।
बैठकमा नेपालतर्पmबाट चितवन, पर्सा तथा बाराका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका अधिकृत, नापी तथा वन कार्यालयका प्रमुख सहभागी थिए भने भारततर्पmबाट पूर्वी चम्पारण तथा पश्चिमी चम्पारणका डिएम क्रमशः अनुपम कुमार, लोकेशकुमार सिंह, भारतीय सीमा सुरक्ष्Fा बलका प्रमुख, चम्पारण प्रहरी प्रमुख, वन तथा नापी विभागका प्रमुख सहभागी थिए ।
सीमा क्ष्Fेत्रमा निर्माण हुने पिलर नेपाल सरकारको तर्पmबाट रमेश ज्ञवाली तथा भारत सरकारको तर्पmबाट मिनजुल ममगाईको नेतृत्वमा निर्माण हुने प्रजिअ घिमिरेले बताए ।

श्रोत:प्रतिक डेली

Leave A Reply

Your email address will not be published.