Ultimate magazine theme for WordPress.

नेपाल प्रहरी विद्यालयमा कार्यरत शिक्षक पाण्डे माथि संगठनबाटै विभेद, स्थायी गर्न ६ लाखको मांग

379

पर्सा, ६ असोज / नेपाल प्रहरी बिद्यालय रौतहटमा कार्यरत शिक्षक पाण्डे माथि संगठनबाटै बिभेद भएको खबर प्राप्त भएको छ । प्राप्त खबर अनुसार शिक्षक पाण्डे बि.सं. २०७४ सालदेखी नेपाल प्रहरी बिद्यालय रौतहटमा कार्यरत रही राम्रो काम गर्दै आएपनि प्रचार्यलाई घुस रकम नदिएकै कारण शिक्षक उदेश पाण्डेलाई पिडित बनाइएको हो ।
शिक्षक उदेश पाण्डे बिद्यालयमा एक असल शिक्षकका रुपमा चिनिएका मध्ये एक हुन । पाण्डे होस्टेल संयोजक भएपछि प्रहरी बिद्यालयको होस्टेलमा अनेकौ सुधार ल्याउन सफल भएका थिए । अभिभावकबाट वाहवाही समेत पाएका पाण्डे माथि संगठनकै इमान्दार भनाउदाहरुका कारण थप पिडा भोग्नु परेको छ । स्थायी गराउनको निम्ति डिआईजीकै नजिक मानिएकी महिलालाई ६ लाख घुस रकम नदिएकै कारण शिक्षक पाण्डेलाई विद्यालयमा हाजिर समेत नगराइएको बताइन्छ ।
प्रदेश नम्बर २ मा डिआईजी उमेश रन्जितकार आउनसाथ भ्रष्टाचारको अखडा बनेको प्रदेशमा प्रहरी नै पिडित हुन थालेका छन । एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा लागेका डिआईजी रन्जीतकार आफ्नै नजिकका महिलाको माध्यमले शिक्षक पाण्डे संग घुस रकम मांगेको खुलासा भएको छ । एक अडियो रेकर्डका अनुसार सर्लाहीकी सुशीला थापा दहालले पर्सा जिल्लाको माणिपुरका उदेश पाण्डे स“ग ६ लाख रुपैया बार्गेनिङ गरेको सुन्न सकिन्छ । दहालले शिक्षक पाण्डे स“ग स्थायी गर्न निम्ति ६ लाख रुपैया दिनुपर्ने भनेकी छन । त्यो भन्दा कममा स्थायी हुन नसक्ने समेत बताएकी छन । डिआईजी लगायत तिन जना मिलेर स्थायी गर्ने गरेको र सो वापत ६ लाख रुपैया दिनुपर्ने दहालले बताएकी हुन ।
नेपाली जनताको शान्ति सुरक्षाका साथै इमान्दारीताको मिशाल कहलिएका नेपाल प्रहरी संगठनमा यस्तो तरिकाको खुल्याम घुसखोरीका कारण नेपाल प्रहरीका कर्मचारीहरु समेतलाई पिडा खेप्दै आउनु परेको छ । मुलुकको जनतालाई सुरक्षा दिनको निम्ति प्रहरी खटिएपनि आफ्नै संगठन भित्रबाट ब्रम्हलुट मचाउन डिआईजी रन्जितकार अछुतो रहेन्न । ति महिलाले कुरा गर्दै जादा उमेश रन्जिकार डिआईजी साब फोन गरेको भन्दै फोन काटेकी थिन ।
ति महिलालाई रकम नदिएकै कारण नेपाल प्रहरी विद्यालय रौतहटमा कार्यरत उदेश पाण्डेको करार अवधि समेत थप नगरिएको बताइन्छ । करार अवधि थप नहुदा प्रचार्य टिकाराम भट्टराइ समेतले शिक्षक पाण्डेलाई अनावश्यक दुख दिएको जानकारी प्राप्त हुन आएको छ । एक जना श्रोतका अनुसार प्रचार्य भट्टराइले समेत रकम मांग गरेको र नदिदा करार अवधि समेत थप नगरि कोठा खाली गर्न समेत पत्र काटिएको बताइएको छ ।
नेपाल प्रहरीलाई मुलुकमा अब्बल प्रहरी संगठनको रुपमा मानिने गरिन्छ । तर अब्बलको रुपमा मानिएपनि संगठन भित्रै घुसखोरीको अवैध धन्दा सुचारु रहेको प्रष्टै बुझन सकिन्छ । मुलुकमा सरकार बदलियो तर प्रहरी संगठनमा घुसखोरीको अवैध धन्दा रोक्न सकिएन भन्ने शब्दलाई यस घटनाले पुष्टि समेत गरेको छ । यस बिषयमा नेपाल प्रहरी संगठनका प्रमुख आइजीपि शैलेस थापा क्षेत्रीले चासो देखाउने हुन की भन्ने बिषयमा हेर्न बाकी नै रहेको छ ।

Leave A Reply

Your email address will not be published.