Ultimate magazine theme for WordPress.

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा बाराको नाकाहरूबाट तस्करी सुरू

100

बारा, १ मंसिर / बाराका सीमा नाकाहरूबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङ्ग मिले पश्चात् तस्करी कार्य सुचारू भएको छ । जिल्ला प्रहरी कार्यालय बारा र सशस्त्र प्रहरी बल नेपाल १२ नम्वर गणको कुरा मिले पश्चात् स्थानीय प्रहरी चौकी, बोर्डर आउट पोस्ट लगायतकाहरूले तस्करीको लाइन दिन थालेका हुन ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा बाराको कवहिगोठ, पथलवाघाट र कचोर्वाबाट तस्करीको लाइन सुचारू भएको छ । सीमाबाट हुने अबैध क्रियाकलाप बापत प्रहरी प्रशासनले मोटो रकमको नजराना बुझे पश्चात् तस्करीको लाइन सुचारू गराएको स्थानीयले बताएका छन । क्राइम टोलिको नाममा केही आर्थिक कलेक्सन गर्ने गिरोह सक्रिय रहेको देखिन्छ भने सशस्त्र प्रहरीको तर्फबाट घुमुवा परिचालन भएका छन ।
आर्थिक कलेक्सनको निम्ति खटाइएको प्रहरीहरूलाइ बारा जिल्लाकै प्रमुखहरूले ढाकछोप गर्दै आएको एक घटनाले उजागर समेत पारेको छ । बारा जिल्लाको पथलवा घाट र कचोर्वा नाका हुँदै दर्जनौ तस्कर समूह सक्रिय रहेपनी प्रहरी प्रशासनको मौनता माथी ठूलो प्रश्न चिन्ह खडा भएको छ ।

Leave A Reply

Your email address will not be published.