Ultimate magazine theme for WordPress.

नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सहयोगमा बाराको सीमाबाट छोहडा, केराउ तथा मसुरोको तस्करी

395

उमेश दुबे
बारा, २३ मन्सिर / नेपाल र भारतको सीमा नाकाहरूबाट प्रहरीहरूकै सहयोगमा तस्करी कार्य फस्टाएको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार तस्कर संगठन र प्रहरी संगठन एकजुट भए पश्चात् ट्रयाक्टरकै माध्यमले छोहडा, केराउ, तथा मसुरोको तस्करी कार्य फस्टाएको हो ।
बारा जिल्लाको विभिन्न नाकाहरूबाट हालको समयमा ट्रयाक्टरकै माध्यमले तस्करी कार्य फस्टाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुख लगायत सीमा स्थित रहेका प्रहरी चौकी र बि.ओ.पि. पतिहरूको सहयोगमा तस्कर संगठनले ट्रयाक्टरकै माध्यमले तस्करी भइरहेको तस्कर श्रोतले जनाएको छ । बाराको सदरमुकाम कलैया र प्रसौनि स्थित रहेको गोदामबाट छोहडा, केराउ र मसुरो ट्रयाक्टरमा लोड गरि भारतसम्म पुग्ने गरेको हो ।
अबैध तरिकाले भारतसम्म पुर्याउनको निम्ति नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरूको साथ साथै सीमा स्थित रहेको चौकी तथा क्याम्पहरूमा करीब ३० लाख भन्दा बढी महिनवारी समेत बुझाइएको श्रोतको दाबी रहेको छ । प्रहरीहरूको साथ साथै देशकै चौथो अङ्गको रूपमा मानिएका केही सन्चारकर्मी समेत तस्कर संगठनलाई संरक्षण गर्दै आएको बताइन्छ । आफूलाइ वरिष्ठ पत्रकार ठान्ने एक जना भ्रष्ट पत्रकारले बाराका केही सन्चारकर्मीको नाममा १ लाख ५० हजार तस्कर संगठन सङ्ग बुझेको बताइन्छ ।
समाचार सम्प्रेषण हुन नदिनको लागि ठेक्का लिएका ठेकेदार पत्रकारले तस्करीको लाइन समेत मिलाइ दिने भन्दै १ लाख रूपैया माथिबाट लिएको बताइन्छ । बाराको माहोल मिले पश्चात् बिगत ३ हप्तादेखी तस्करी कार्य फस्टाएको बुझिन्छ । एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा लागेका प्रहरीहरू प्रती ट्रयाक्टर १० हजारको बुझ्ने गरेको बताइन्छ । तस्करीको कार्य शुरूकै दिन बाराको बडकी फुलवरिया हुँदै ५ ट्रयाक्टर छोहडा र मसुरो भारत पुगेको थियो । स्थानिय प्रहरी चौकी सनफुलवाका प्रमुख प्रहरी सहायक निरीक्षक गान्धी ठाकुर समेतको सहयोगमा शुरूकै दिन ५ ट्रयाक्टर मालसमान अबैध तरिकाले भारत पुग्न सफल भएको थियो ।
विश्वकै एतिहासिक मेला गढिमाइको अवसर पारी तस्करीको लाइन दिइएको प्रहरी श्रोतले जनाएको छ । गढिमाइ मेलामा सुरक्षा बलियो बनाउने योजना र सीमामा खुल्याम तस्करी गर्नको निम्ति लाखौ रूपैया महिनवारी प्रहरी प्रमुखहरू समेत बुझेको बताइन्छ । छोहडा, केराउ र मसुरो तस्करीको निम्ति बाराका नामूद २२ जना तस्करहरू एकजुट भएर कार्य सुचारू गरेको बुझिन्छ । तसर्थ : आफुलाइ सभन्दा इमन्दार र कर्मठ सम्झिने संगठन प्रमुखहरूको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.