Ultimate magazine theme for WordPress.

नेपाल प्रहरीमा जागिरको अवसर , २६ सय ७८ जनाका लागि आवेदन खुला

56

काठमाडौं ,माघ २०: नेपाल प्रहरीले दुई हजार ६ सय ७८ प्रहरी जवान पदमा पदपूर्तिका लागि आवेदन माग गरेको छ। प्रहरीले जनपद समूहमा एक हजार ६ सय ४५ र प्राविधिक समूह अन्तर्गत एक हजार ३३ पदमा पदपूर्तिका लागि आवेदख खुला गरेको हो ।

सूचना अनुसार प्रहरी जवान जनपद समूहमा एक हजार ६ सय ४५ जना माग गरेको छ। जसमा खुलामा ८८७, अमर अशक्त प्रहरी परिवारलाई ३३, आदिवासी जनजाति २३२, मधेशी २०३, महिला १४५, दलित १०८ र पिछडिएको क्षेत्रका लागि ३७ कोटा छुट्याइएको छ। यस्तै प्राविधिकतर्फ एक हजार ३३ जनशक्ति माग गरेको छ।

जसमा सवैभन्दा बढी जनशक्ति माग सञ्चारमा गरिएको छ। सञ्चारमा ७१८ जना प्रहरी जवानको पदपूर्ति माग गरिएको छ। मेकानिलक इन्जिियरिङ तथा सवारीमा ९६, मेकानिकल विपद् व्यवस्थापनमा १८, स्वास्थ्यमा २५, संगीतमा ६१, आवास तथा भोतिक इन्जिनियरिङमा २२ जनाको पदपूर्ति सूचना गरेको हो।

१८ बर्ष पूरा भई २३ बर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्नेछन्। न्युनतम टेष्ट तथा एसएलसी परीक्षा उत्तीर्णहरुले आवेदन फाराम भर्न सक्नेछन्।

उपत्यकासँगै ७२ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालबाट फाराम भर्न सकिनेछ । २०७३ फागुन १ गतेबाट ३० गतेसम्म आवेदन दिन सकिनेछ।

Leave A Reply

Your email address will not be published.