Ultimate magazine theme for WordPress.

नेपाल औषधि उत्पादक संघद्धारा नेपाल चिकित्सक संघ नारायणीलाई ३०० थान ज्याकेट प्रदान

127

दिपक चौरसिया
पर्सा १७ बैशाख । नेपाल औषधी उत्पादक संघ केन्द्रिय समितिले बुधवार नेपाल चिकित्सक संघ पर्सा शाखालाई डाक्टर लेखिएको ज्याकेट प्रदान गरेको छ । नेपाल चिकित्सक संघ केन्द्रीय समितिको समन्वयमा पर्सा जिल्लाका चिकित्सकहरुको लागि ३०० थना ज्याकेट प्रदान गरिएको नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले जानकारी दिनु भयो ।
नेपाल औषधि उत्पादक संघका केन्द्रीय कोषाध्यक्ष प्रभात रुङ्गटाले आज नारायणी अस्पतालमा पुगेर नेपाल चिकित्सक संघका नारायणी शाखा अध्यक्ष डा. अरुण कुमार सिंहलाई सो ज्याकेट हस्तान्तरण गर्नु भएको छ । कोभिड–१९ को महमारीको समयमा चिकित्सकहरुलाई अत्यावश्यक कामको लागि बाहिर निस्कदा प्रहरी प्रशासनबाट दुव्यर्ववहार खेप्नु पर्ने अवस्थालाई मध्यनजगर गर्दै सो ज्याकेट प्रदान गरिएको जनाईएको छ । अब उप्रान्त ज्याकेट लगाएर बाहिर निस्कदा केही मात्रामा भए पनि सहज महसुस हुने अस्पतालका चिकित्सक डा. दिलिप चौरसियाले बताए ।
सो अवसरमा डा. उदय नरायण सिंह, डा. दिपक कुमार चौरसिया, डा. दिलिप कुमार चौरसिया लगायतको सहभागिता रहेको थियो । नेपाल औषधि उत्पादक संघद्धारा प्रदान गरिएको ज्याकेट उपचारमा संलग्न सम्पुर्ण डक्टरहरुलाई वितरण गर्ने डा. उदय नारायण सिंहले बाताए ।

Leave A Reply

Your email address will not be published.