Ultimate magazine theme for WordPress.

नेपाली नम्बर सवारीलाई भारत प्रवेशमा रोक लगाउदै भारतीय नागरिकद्वारा मितेरी पूलमा प्रदर्शन

1,686

पर्सा, ४ भाद्र ÷ हाम्रो देश नेपालको छिमेकी मुलूक भारतको रक्सौलमा स्थानियहरुले नेपाली नम्बर प्लेट गाडीलाई प्रवेशमा रोक लगाएका छन् । भारतीय नम्बर प्लेट वीरगंज जादा प्रहरीको ज्यादती सहदै आएको र नेपाली प्लेट भारतमा खुल्याम घुमिरहदा बाध्य भई स्थानियहरुले रोक लगाएका हुन ।
भारतको रक्सौल कष्टम अगाडी भारतीय नागरिकहरुले भारतीय नम्बर प्लेटका गाडीलाई तेरस्याई आवगमनमा रोक लगाएका छन् । भारतीय नम्बर प्लेटका सवारी साधन सीमा नजिकै रहेको वीरगंज जादा आफुहरुलाई पटक पटक नेपाल प्रहरीहरुले दुःख दिदै आएको तर नेपाली प्लेट सीमा नजिकै भारतको रक्सौलमा आउदा इन्ट्री समेत नभई खुल्याम घुमिरहदा आफुहरुलाई दुख भएको भारतीय नागरिक बताउछन् ।
नेपाल सरकारले भन्सारमा लागु गरेको नियम समेत आफुहरुलाई स्विकार नभएको भारतीय नागरिकहरु बताउछन् । भारतबाट नेपाल आउने भारतीय नम्बर प्लेटको गाडीबाट भन्सार महसुल बुझाई नेपालको कुनै ठाउहरुमा जान सकिने प्रावधान थियो तर हालैमा नेपाल सरकारले एक बर्षमा मात्र २९ दिन भन्सार महसुल बुझाउन सक्ने प्रावधान ल्याएकोमा आफुहरुलाई समस्या भएको अर्का भारतीय नागरिकले दुखेसो पोखे ।
भारतीय कस्टमका कर्मचारीका अनुसार नेपाली प्लेट रहेका गाडीहरु रक्सौलमा आउन जान कुनै रोक वा कुनै किसिमको इन्ट्री नलाग्ने जनाएका छन् । उहाले मंगलवार भारतीय नम्बर प्लेट एम्बुलेन्स बोकेको बिरामी नेपाल प्रहरीकै लापरवाहीले गर्दा मृत्यु भएको कारण सांकेतिक रुपमा आफ्नो गुनासो नेपाल सरकार समक्ष पु¥याउनको निम्ति नेपाली गाडीलाई भारत प्रवेशमा रोक लगाएको बताए । उहाले जुन किसिमले नेपाली गाडी भारतमा जान्छ त्यो किसिमले भारतीय गाडी नेपालमा समेत जान सकिने किसिमको नियम बनाउन आग्रह गरे ।
भारतीय नागरिकहरुले रोक लगाएको नेपाली गाडीहरुको कारण आज दिनभरी मितेरी पूलको अवस्था गम्भीर भएको थियो । नेपाली नागरिकहरु आफ्नो गाडी लिएर रक्सौल पुग्न सक्या छैन्न भने भारतीय गाडी नेपाल प्रवेश गर्न सक्या छैन । नेपाल र भारतलाई असल मित्र राष्ट्र भनेर चिनेपनि हालको समयमा नियम कानूनले गर्दा बिचार धारा फरक भएको महसुस गरिन थालिएको छ । नेपाल सरकारको राजस्व तिरी भित्रिने गरेको भारतीय गाडीहरुबाट समेत प्रहरीले व्यापक रुपमा रकम उठाउन थालिएपछि यस्तो अवस्था सृजना भएको एक जना एम्बुलेन्स चालकले बताएका छन् ।
चालकका अनुसार आफुहरु कहिले काही बिरामी बोकेको बेला भन्सार अगाडी रुक्दैनौ पहिला बिरामीलाई अस्पताल पु¥याई फर्किदा इन्ट्री वा भन्सार गराउछौ तर त्यही मौकाको दाउमा नेपाल प्रहरीले आफुहरु रोकी दुव्र्यहार गर्नुको साथै गाली गलौज दिनुको साथै रकम उठाउन थालिएकोले बाध्य भई नेपाली प्लेट गाडीलाई भारतको रक्सौल प्रवेशमा रोक लगाएको बताए । वर्दीको आडमा प्रहरीहरु बिरामीको गाडी समेतलाई कारवाही गरिनुको साथै रकम उठाउन थालेपछि बाध्य भई यस्तो कदम चाल्नु परेको बताए ।

Leave A Reply

Your email address will not be published.