Ultimate magazine theme for WordPress.

नेपालकै दोश्रो रंगशालाको रुपमा मानिने नारायणि रंगशालाको अवस्था जिर्ण हुदै, सरोकारवाला मौन

87
उमेश दुबे
पर्सा, २४ मंसिर ÷ वीरगंज महानगरपालिका भित्र पर्ने नारायणि रंगशाला प्रदेश नम्बर २ कै सबैभन्दा ठूलो रंगशालाको रुपमा मानिन्छ । बर्षौ बर्षदेखी बिद्यालयमा पढ्ने छात्र छात्राहरु देखी लिएर युवाहरु समेत रंगशालामा खेल खेल्न रुचाउछन् । बिभिन्न बिद्यालयहरुबाट प्रत्येक बर्ष नारायणि रंगशालामा प्रतियोगिता हुने गरिन्छ । तर नारायणि रंगशालाको बिषयमा स्थानिय तथा केन्द्रिय नेताहरुले चासो नहेराउदा दिनप्रति दिन अवस्था जिर्ण हुदै गएको स्थानियहरुले बताएका छन् ।
नारायणि रंगशालाका अध्यक्ष मानदेव हजराका अनुसार नेपालकै दोश्रो रंगशालाको रुपमा मान्निछ । १८ बिगहामा रहेको नारायणि रंगशाला २०४२ सालमा स्थापना भएको बताए । नारायणि रंगशालाको रडहरुमा खिया लागि भासिसकेको स्किारदै अध्यक्ष हजराले रंगशालाको जमिनहरु समेत मिचिएको बताउनु भयो । यो सबै समस्याको लागि आफु लागिपरेको र नारायणि रंगशालालाई प्रदेश स्तरीय बनाउनको लागि केन्द्रसम्म पुगी नारायणि रंगशालालाई ७ वटा प्रदेशकै नमुना रंगशाला बनाउन तर्फ लागिपरेको बताउनु भयो ।
प्रदेश नम्बर २ कै सबै भन्दा ठुलो रंगशालाको रुपमा मानिएको नारायणि रंगशाला वीरगंजको अवस्था दिन प्रति दिन जिर्ण हुदै गएको स्थानिय तथा केन्द्रिय नेताहरुकै कारण भइरहेको बताइएको छ । पछिल्लो दिनहरुमा नारायणि रंगशालामा बिभिन्न ठाउहरुबाट खेल खेल्न आइरहेपनि हालको समयमा कतैतिरबाट खेलको कार्यक्रम नभएको अवस्था छ । खेलदेखी लिएर सांस्कृति कार्यक्रम समेत हुने ठाउहरुको रुपमा मानिएको नारायणि रंगशाला अब त्यस शब्दबाट समेत लोप हुदै गएको छ । प्रदेश नं. २ कै मन्त्रालयदेखी केन्द्रिय स्तरसम्म नेताहरु छन् तर यस्तो रंगशालाको प्रगति गर्नतर्फ नलागि, चासो नहेराउदा नारायणि रंगशालाको अवस्था जिर्ण हुदै स्थानियवासीहरु बताउछन् ।
स्थानियवासीका अनुसार वीरगंजमा रहेको नारायणि रंगशाला नेपालकै दोश्रो रंगशालाको रुपमा मानिएपनि स्थानियदेखी केन्द्रिय स्तरका नेताहरु समेत चासो नहेराउदा जिर्ण हुदै गएको बताए । नारायणि रंगशाला भित्र शुरु शुरुमा करिब ५ सय भन्दा बढी मर्निङ वाक गर्न जान्थे तर हालको समयमा संरक्षण र सुरक्षाको अभावका कारण कतिपय सर्वसधारण मुल सडक मै मर्निङ वाक गर्न बाध्य भएका छन् । नारायणि रंगशालाको सुरक्षा खस्किदै जादा त्याहा कतिपयले मर्निङ वाक गर्न समेत छोडेको स्थानिय रामप्रवेशले गुप्ताले बताए ।
नेपालकै दोश्रो रंगशालाको रुपमा मानिएको नारायणि रंगशाला निर्माण र संरक्षणतर्फ स्थानिय तथा केन्द्रिय स्तरका नेताहरुको ध्यान जान अति आवश्यक देखिन्छ । वीरगंजको गौरव समेत मानिने नारायणि रंगशालाको अवस्था बारे नेताहरुको ध्यान जान अति आवश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.