Ultimate magazine theme for WordPress.

नेता ‘गुप्ता’को अपग्रेड पर्सेली जनताको चाहना

59

पर्सा, ८ मंसिर / एमालेको १० औं महाधिवेशनले यतिवेला देशलाई नै चलायमान बनाएको छ । माओवादीसँग पार्टी एकिकरण भएपछि पार्टी संगठन सुस्ताएको थियो । फेरि एमाले र अध्यक्ष केपी शर्मा ओलीले मात्र पार्टी हाँक्न थालेपछि यो पार्टीले देशलाई नै चलायमान बनाइदिएको छ ।
माओवादीसँग पार्टी एकिकरण भएपछि पार्टी संगठन हाँक्ने जिम्मेवारी पुष्पकमल दाहाल ( प्रचण्ड) को पोल्टा पर्दा सुस्त रहेको पार्टीबाट नेता कार्यकर्ता सन्तुष्ट थिएनन् । त्यहि मौकामा सर्वोच्च अदालतले पुरानो पार्टीहरु नै कायम गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारलाई सत्ता बाहिर पु¥याएपछि सत्ता बहिर्गमनमा पनि अन्य पार्टी जस्तो विचलन नभएकोले एमालेले त्यसपछि झन पार्टी संगठनको काम तिव्र रुपले अगाडी बढाउन फूर्सद पायो । सो समयलाई सदुपयोग गर्दै एमालेले महाधिवेशनको तयारी गर्न थाल्दा देश नै चलायमान बनेको हो ।
यता १४ औं महाधिवेशनको मिति पटक–पटक सारेको नेपाली कांग्रेसले पनि अब चाही एमालेको सिको गरेर महाधिवेशनका लागि वडाबाट अधिवेशन गर्न बाध्यकारी भएको छ । उता ३ दशक बढी अरुलाई नेतृत्व नदिएका प्रचण्डको पार्टी पनि महविधेशनको कुरा गर्न थालेको छ । एमालेको भने देश भरी एकैपटक वडा र पालिकाको अधिवेशन सम्पन्न भई महाधिवेशनको महान् उत्सवमा पार्टी होमिसकेको नेपाली लाई घाम झैं झर्लङ्ग छ । यहि महाधिवेशनमा जिल्ला र केन्द्रबाट महाधिवेशन प्रतिनीधि बनेका नयाँ र पुराना धेरै अनुहारहरु एमालेको केन्द्रिय कमिटिमा आफ्नो पनि अनुहार छिराउन भित्र भित्रै उत्सुक बनेका छन् ।
मुलुकभरका महाधिवेशन प्रतिनीधि झैं पर्साबाट पनि महाधिवेशन प्रतिनीधि बनेका ३१ जना मध्ये शम्भु प्रसाद गुप्ता पनि मधेशी कोटाबाट केन्द्रिय सदस्यका आकांक्षी हुन् । सामाजिक शास्त्रमा एमए र कानूनमा एलएलबी गरेका उनी शिक्षा, सहकारी र स्थानीय तहको सन्दर्भमा राम्रो दख्खल राख्ने व्यक्तिका रुपमा जिल्लामा परिचित छन् । हरेक क्षेत्रको राम्रो जानकारी भएका बौद्धिक व्यक्तित्व गुप्ता पछिल्लो समयमा एमाले पार्टीमा प्रदेश कमिटि सदस्य भइसकेका छन् । महाधिवेशन पछि भने पार्टीमा एक तह अपग्रेड गरी केन्द्रिय सदस्यमा जाने इच्छा उनले प्रकट गरेका हुन् ।
विभिन्न क्षेत्रमा उनको अनुभवको संगालो
वरिष्ठ अधिकृतका रुपमा १९ बर्ष वीरगन्ज महानगरपालिकामा प्रशासन तर्फका सबै महाशाखा प्रमुख भई सफलता पुर्बक सेवा गरेका गुप्ता २००३ मा एनजीओ फेडेरेशनको अध्यक्ष, २००४ मा वीरगन्ज जेसिजको अध्यक्ष, २००५ मा नेपाल जेसिजको केन्द्रिय उपाध्यक्ष र २००५ देखि नै २०१४ सम्म स्थानीय सुरजीदेवी मा.वि.को विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भइसकेका छन् । त्यसै गरी ममता विद्यामन्दिर ईग्लिस बोर्डिङ्ग सेकेन्डरी स्कूलकाे अध्यक्ष, वीरगन्ज मेघा कलेजको पनि अध्यक्ष रहेका गुप्ता स्थानीय कर्मचारी संघको केन्द्रिय सदस्य भइसकेका व्यक्ति हुन् । उनको अनुभवको संगालो यतिमा टुंगिदैन, २०१४ मा लाइन्स क्लव वीरगन्ज युनाइटेडको अध्यक्ष, २०१३ मा नै जय गणेश बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष, त्यसपछि जिल्ला बचत संघ पर्साको प्रमुख सल्लाहकार, २०१९ देखि २०२१ सम्म राष्ट्रिय सहकारी विकास बोर्डको संचालक सदस्य तथा नेकपा एमाले सहकारी तथा गरिब निवारण विभागका सदस्य रहेका गुप्ताको राज्यको तीनखम्बे अर्थ नीति र शिक्षाको क्षेत्रमा गज्जबको दख्खल र अनुभव भएको पर्सावासीले नजिकबाट हेरेका छन् ।
हरेक क्षेत्रको जानकारी राख्ने बहुप्रतिभाशाली ब्यक्तित्व भएका गुप्ता मधेश लहरको समयमा पनि नेकपा एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार बाट गएको संसदीय निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ को ‘ख’ बाट झिनो मत अन्तरले मात्र हालको प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत गद्दीसँग पछि परेका नेता हुन् । जनस्तरमा समेत राम्रो पकड भएका नेताका रुपमा परिचित गुप्ता पार्टी भित्र र बाहिर अपग्रेड भएको हेर्न पर्सेली जनता पनि ईच्छुक रहेको बताउँछन् । उनी आफू भने अन्य नेता झैं आफ्नो बढाई आफै गर्न फिटिक्कै रुचाउँदैनन् । ‘आम सर्वसाधारण र स्थानीय जनताको माया भए पूग्छ’ भन्ने उनी सादा जीवन उच्च विचारमा व्यस्त रहन्छन् ।

Leave A Reply

Your email address will not be published.